मानव बेचबिखन तथा ओसारपसार र बालयौन दुरुपयोगको कसुरमा अनुसन्धानमा रहेका मनोज पाण्डे भनिने मनोज कुमार जैशी पुर्पक्षका लागि कारागार चलान भएका छन् । सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रकाश ढुंगानाको इजलासले पाण्डेलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।