वालिङ, २५ असोज: स्याङ्जाको पुतलीबजार नगरपालिकाभित्र सञ्चालनमा रहेका पाँच औषधि पसललाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले औषधि पसल, क्लिनिक, फार्मेसीमा आइतबार गरेको अनुगमनका क्रममा त्रुटि देखिएका पाँच औषधि पसललाई कारबाही गरी जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले जानकारी दिए । सहायक प्रजिअ शर्माका अनुसार म्याद गुज्रेका औषधि बिक्री वितरण गरेको, […]