१७ पुस, काठमाडौं । पोखरा महनागरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सरकारसँग माग गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पोखरालाई पर्यटकीय राजधानी बनाउने प्रस्ताव महानगरको तर्फबाट भइसकेको भन्दै सरकारले यसलाई औपचारिक रुपमा घोषणा गर्नुपर्ने माग गरे । ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको उदघाटन भयो, अब अन्तर्राष्ट्रिय उडानमा पहल […]