सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । सो दिन चुनावको मिति तोकिए निकै चापमा काम गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते गर्ने गरी घोषणा गर्ने तयारी गरेको छ । यसबारेमा सत्ता गठबन्धन दलबीच सहमति समेत जुटिसकेको छ । निर्वाचन आयोगका लागि चुनावको तयारी गर्न सामान्यतया १ सय २० दिनको समय लाग्ने बताउँदै आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले