नवौं महाधिवेशनपछि एमालेमा अध्यक्ष केपी शर्मा ओलीका क्रियाकलापमाथि सबैभन्दा बढी प्रश्न गर्ने नेता थिए– उपमहासचिव घनश्याम भुसाल । उनले पार्टीभित्र र बाहिर सार्वजनिक मञ्चहरूमा ओलीका हरेक कदमको चर्को विरोध गरे । तर अघिल्लो वर्ष उनी ओलीकै मन्त्रिपरिषद्मा सामेल भए । मन्त्रिपरिषद्मा बस्दा पनि प्रधानमन्त्रीमाथि प्रश्न गर्ने उनी प्रतिनिधिसभा विघटनपछि मन्त्री पद छोडेर अोलीविरुद्ध सडक संघर्षमा उत्रिए ।