ट्विटरका नयाँ मालिक एलोन मस्कले निलम्बित खाता कहिले पुनः सञ्चालन हुन्छ भन्नेबारे संकेत गरेका छन् । एलन मस्कले बिहीबार एक सर्वेक्षण सञ्चालन गरेका थिए जसमा उनले निलम्बित अकाउन्टलाई सामान्य माफी दिनेबारे प्रश्न सोधेका थिए ।एलन मस्कले ट्वीट गरे, ‘कानुन नतोडेका वा गम्भीर स्प्याममा संलग्न नभएका निलम्बित खातालाई सामान्य माफीको प्रस्ताव गर्नु पर्छ कि पर्दैन ?’ यसमा ७२ प्रतिशतले माफी दिनुपर्ने र २७ प्रतिशतले दिनुपर्दैन भन्ने जवाफ दिए । अब एलन मस्कले माफी अर्को हप्तादेखि सुरु हुने बताएका