साञ्जेन जलविद्युत् आयोजनाको ८३ प्रतिशत काम सकियाे

रसुवा - रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको साञ्जेन जलविद्युत् आयोजनाको ८३ प्रतिशत काम पूरा भएको छ । आयोजनाले अहिले बाँध, सुरुङ र विद्युत् गृहको काम एकसाथ गरिरहेको छ ।  बाँध क्षेत्रको इन्टेक, डिसेन्डर लगायतको निर्माण कार्य ९२ प्रतिशत पूरा भएको छ । आयोजनाको तीन हजार ६ सय ७१ मिटर हेडरेस सुरुङको निर्माण सम्पन्न गरेर सर्पोटको काम गरिरहेको छ । विद्युत् गृहको सिभिल संरचनाको काम सम्पन्न गरी पर्खालको ढलानको काम भइरहेको आयोजनाले जनाएको छ । इलेक्ट्रोमेकानिकलतर्फ उपकरण डिजाइन, जडान...

सम्बन्धित सामग्री

साञ्जेन जलविद्युत् आयोजनाको साइट कार्यालयमा तोडफोड, कर्मचारी कुटिए

साञ्जेन जलविद्युत् कम्पनीले आयोजना प्रभावितका लागि छुट्याएको प्राथमिक सेयर (आईपीओ)प्रति असहमति जनाउँदै स्थानीयले साइट कार्यालयमा तोडफोड गरेका छन् । रसुवाको आमाछोदिङमो गाउँपालिका गोल्जुङका स्थानीयले आइतबार दिउँसो साइट कार्यालय तथा सवारी साधन तोडफोड गरेको र कर्मचारीलाई पनि कुटपिट गरेको आयोजनाका एक कर्मचारीले बताए ।

साञ्जेन जलविद्युतको सम्पत्तिमा तोडफोड, कर्मचारी पनि कुटिए

काठमाण्डाै – शेयर बाँडफाँटमा असहमति जनाउँदै रसुवामा रहेको साञ्जेन जलविद्युत् कम्पनीको सम्पत्तिमा स्थानीयवासीले तोडफोड गरेका छन् । शेयर बाँडफाँटमा पहिलेदेखि नै असहमति जनाउँदै आएका गत्लाङका स्थानीयवासीले चिलिमे गाउँपालिकामा रहेको साञ्जेन जलविद्युत् आयोजनाको कार्यालय, पेट्रोल पम्प, गाडीलगायतका सम्पत्तिमा तोडफोड गरेका हुन् । उनीहरूले कर्मचारीलाई पनि कुटेका छन् । साञ्जेनको कार्यालय र सम्पत्ति तोडफोड गरेपछि उनीहरूले माथिल्लो साञ्जेनको कार्यालय पनि तोडफोड गर्ने चेतावनी दिएका छन् । तोडफोडबाट आयोजनाको झन्डै पाँच...

माथिल्लो साञ्जेन जलविद्युत् आयोजनामा विद्युत् उपकरण जडान सुरु

उत्तरी रसुवामा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको विद्युत्गृहको उपकरण जडान गर्ने काम सुरुआत भएको छ । आमाछोदिङ्मो गाउँपालिका–५ सिम्बु क्षेत्रलाई आधार इलाका बनाइ १४ दशमलव आठ मेगावाट क्षमताको सो आयोजनाको आवश्यक उपकरण दोङ्फाङ नामक चिनियाँ ठेकेदार कम्पनीले जडान गरिरहेको हो  । कार्यस्थलमा १० चिनियाँसमेत २५ दक्ष प्राविधिक जनशक्ति परिचालन भइरहेको साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी निर्देशक सुनिल ढुङ्गेलले जानकारी दिए । सो आयोजनामा आगामी २०७९ असार मसान्तभित्र उपकरण

माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा

रसुवा । निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । आगामी ६–७ महीनाभित्र आयोजनाबाट १४ दशमलव ८ मेगावाट विद्युन् उत्पादन हुनेछ । बाढीपहिरो, भूकम्प, कोभिड संक्रमणको असर एवं ठेकेदार कम्पनीको कमजोरी लगायत कारण आयोजना निर्माणमा ढिलाइ भएको बताइएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको सुरुङलगायत अधिकांश संरचना निर्माण सम्पन्न भइसकेको र पछिल्लो समय विद्युत्गृहमा उपकरण जडान गर्ने काम भइरहेको जानकारी दिए ।   उनले ४२ दशमलव ५ मेगावाटको तल्लो साञ्जेन एवं टिमुरेमा निर्माण भइरहेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको समेत शनिवार स्थलगत निरीक्षण गरेका थिए । ती दुई आयोजनाले भने एक वर्षभित्र विद्युत् उत्पादन गर्ने बताइएको छ । ती आयोजनाको अधिकांश निर्माण पूरा भइसकेका अवस्थामा कोभिडको कारण दर्शाउँदै उपकरण जडान गर्ने ठेकेदार कम्पनीले आलटाल गरिरहेका थिए । सो अवसरमा कार्यकारी निर्देशक घिसिङ छिटो काम सम्पन्न गराउन ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए । माथिल्लो तथा तल्लो साञ्जेन अर्धभूमिगत एवं रसुवागढी पूरै भूमिगत मोडेलको डिजाइनबाट तीनओटा जलविद्युत् आयोजना सन् २०१३ देखि निर्माण शुरू भएको हो । रासस

१४.८ मेवा क्षमताको माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा

मंसिर १२, रसुवा । निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । आगामी छ/ सात महीनाभित्र आयोजनाबाट १४ दशमलव ८ मेगावाट(मेवा) विद्युत् उत्पादन हुने छ । बाढी पहिरो, भूकम्प, कोभिड संक्रमणको असर एवं ठेकेदार कम्पनीको शिथिलताजस्ता विविध कारणले आयोजना निर्माणमा ढिलाइ भएको बताइएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको सुरूङलगायत अधिकांश संरचना निर्माण सम्पन्न भइसकेको र पछिल्लो समय विद्युतगृहमा उपकरण जडान गर्ने काम भइरहेको जानकारी दिए ।            उनले ४२ दशमलव ५ मेगावाटको तल्लो साञ्जेन एवं टिमुरेमा निर्माण भइरहेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको समेत शनिवार स्थलगत निरीक्षण गरेका थिए । ती दुई आयोजनाले भने एक वर्षभित्र विद्युत् उत्पादन गर्ने बताइएको छ ।      ती आयोजनाको अधिकांश निर्माण पूरा भइसकेका अवस्थामा कोभिडको कारण दर्शाउँदै उपकरण जडान गर्ने ठेकेदार कम्पनीले आलटाल गरिरहेका थिए । सो अवसरमा कार्यकारी निर्देशक घिसिङ छिटो काम सम्पन्न गराउन ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए ।           माथिल्लो तथा तल्लो साञ्जेन अर्धभूमिगत एवं रसुवागढी पूरै भूमिगत मोडेलको डिजाइनबाट ती तीन ओटा जलविद्युत् आयोजना सन् २०१३ बाट निर्माण शुरू भएको हो । चिलिमे जलविद्युत् कम्पनीअन्तर्गत भगिनीका रूपमा स्थापित साञ्जेन तथा रसुवागढी जलविद्युत् कम्पनीमार्फत यी आयोजना निर्माणाधीन छन् । रासस

तल्लो साञ्जेन जलविद्युत् आयोजनाको संरचना निर्माण पूरा

उत्तरी रसुवाको चिलिमे इलाका क्षेत्रमा निर्माणाधीन तल्लो साञ्जेन जलविद्युत्  आयोजानको अधिकांश संरचना निर्माण पूरा भएको छ । बयालीस दशमलव पाँच मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१३ बाट सुरूआत भएको उक्त आयोजनाले    तीन हजार ६३० मिटर हेडरेस् सुरुङ, एक हजार ५१ मिटर उचाइको सर्ज ट्याङ्क, ४७८ मी पेनस्टक सुरूङ तथा विद्युत्गृहसमेत निर्माण सम्पन्न गरिसकेको छ ।विद्युत्गृहमा पानी ल्याउने सुरूङको निर्माणपश्चात्  कङ्क्रिट तथा पेनस्टक सुरूङमा पाइप राख्ने कामसमेत धमाधम अगाड

चिनियाँ टोली नआएपछि साञ्जेन जलविद्युत् आयोजनामा स्थानीय प्राविधिकलाई खटाइने

रसुवा - रसुवामा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनामा इलेक्ट्रो मेकानिकलतर्फ मेसिन जडान गर्नका लागि स्थानीय प्राविधिकलाई खटाइने भएकाे छ।  चिनियाँ प्राविधिक तथा कामदार आउन समस्या भएपछि कम्पनीले स्थानीय प्राविधिकलाई खटाउनका लागि छलफल अघि बढाएको छ । सेप्टेम्बरको पहिलो हप्तामा चिनियाँ टोली आउने बताए पनि अहिलेसम्म आएका छैनन् । चिनियाँ प्राविधिक तथा कामदार ल्याउनको लागि प्रयास भइरहेको आयोजना प्रमुख सुदनसिंह महतले बताउनुभयो । ‘प्राविधिक तथा कामदार ल्याउने प्रयास भइरहेको छ’, उहाँले भन्नुभयो, &ls...

साञ्जेन जलविद्युत् कम्पनीको सीईओमा ढुंगेल

साञ्जेन जलविद्युत् कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुनीलकुमार ढुंगेल नियुक्त भएका छन् । कम्पनीको जेठ २७ गतेको सञ्चालक समितिको बैठकले ढुंगेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । यसअघिका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राजीनामा दिएसँगै रिक्त पदमा खुला प्रतिस्पर्धाबाट ढुंगेल नियुक्त भएका हुन् । ढुंगेल नेपाल विद्युत् प्राधिकरणको उपकार्यकारी निर्देशकबाट अवकाश प्राप्त कर्मचारीसमेत हुन् । […]

माथिल्लो साञ्जेन जलविद्युत् : ९७ प्रतिशत काम सम्पन्न, पुसदेखि उत्पादन सुरु गर्ने

रसुवा – रसुवामा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाले आउँदो पुसदेखि विद्युत् उत्पादन सुरु गर्ने भएको छ । आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल तर्फको काम अन्तिम चरणमा पुगेको र अहिलेसम्म ९७ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । उपकरण जडानका लागि चिनियाँ कामदार तत्काल आए आउँदो दशैं अगाडि नै परीक्षण उत्पादन सुरु गरिने आयोजना प्रमुख सुदनसिंह महतले बताउनुभयो । १४ दशमलव ८ मेगावाट क्षमताको आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फ ७० र हाइड्रोमेकानिकलतर्फ ८५ प्रतिशत काम सम्पन्न भएको छ । आमाछोदिङ्मो गाउँपालिका&n...

रसुवागढी र साञ्जेन जलविद्युत् अयोजनाका कर्मचारीलाई अढाई अर्बको सेयर

काठमाडौं : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीद्वारा प्रवर्द्धित दुई जलविद्युत् आयोजनाले साढे दुई अर्ब रुपैयाँको सेयर निष्कासन गर्ने भएका छन्। चिलिमेले सहायक कम्पनी बनार र सुवामा निर्माण गरिरहेको १ सय ११ मेगावाटको रसुवागढी र ५७ दशमलव तीन मेगावाटको साञ्जेन जलविद्युत् आयोजनलो २ अर्ब ४४ क...