१४.८ मेवा क्षमताको माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा

मंसिर १२, रसुवा । निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । आगामी छ/ सात महीनाभित्र आयोजनाबाट १४ दशमलव ८ मेगावाट(मेवा) विद्युत् उत्पादन हुने छ । बाढी पहिरो, भूकम्प, कोभिड संक्रमणको असर एवं ठेकेदार कम्पनीको शिथिलताजस्ता विविध कारणले आयोजना निर्माणमा ढिलाइ भएको बताइएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको सुरूङलगायत अधिकांश संरचना निर्माण सम्पन्न भइसकेको र पछिल्लो समय विद्युतगृहमा उपकरण जडान गर्ने काम भइरहेको जानकारी दिए ।            उनले ४२ दशमलव ५ मेगावाटको तल्लो साञ्जेन एवं टिमुरेमा निर्माण भइरहेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको समेत शनिवार स्थलगत निरीक्षण गरेका थिए । ती दुई आयोजनाले भने एक वर्षभित्र विद्युत् उत्पादन गर्ने बताइएको छ ।      ती आयोजनाको अधिकांश निर्माण पूरा भइसकेका अवस्थामा कोभिडको कारण दर्शाउँदै उपकरण जडान गर्ने ठेकेदार कम्पनीले आलटाल गरिरहेका थिए । सो अवसरमा कार्यकारी निर्देशक घिसिङ छिटो काम सम्पन्न गराउन ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए ।           माथिल्लो तथा तल्लो साञ्जेन अर्धभूमिगत एवं रसुवागढी पूरै भूमिगत मोडेलको डिजाइनबाट ती तीन ओटा जलविद्युत् आयोजना सन् २०१३ बाट निर्माण शुरू भएको हो । चिलिमे जलविद्युत् कम्पनीअन्तर्गत भगिनीका रूपमा स्थापित साञ्जेन तथा रसुवागढी जलविद्युत् कम्पनीमार्फत यी आयोजना निर्माणाधीन छन् । रासस

सम्बन्धित सामग्री

माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा

रसुवा । निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । आगामी ६–७ महीनाभित्र आयोजनाबाट १४ दशमलव ८ मेगावाट विद्युन् उत्पादन हुनेछ । बाढीपहिरो, भूकम्प, कोभिड संक्रमणको असर एवं ठेकेदार कम्पनीको कमजोरी लगायत कारण आयोजना निर्माणमा ढिलाइ भएको बताइएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको सुरुङलगायत अधिकांश संरचना निर्माण सम्पन्न भइसकेको र पछिल्लो समय विद्युत्गृहमा उपकरण जडान गर्ने काम भइरहेको जानकारी दिए ।   उनले ४२ दशमलव ५ मेगावाटको तल्लो साञ्जेन एवं टिमुरेमा निर्माण भइरहेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको समेत शनिवार स्थलगत निरीक्षण गरेका थिए । ती दुई आयोजनाले भने एक वर्षभित्र विद्युत् उत्पादन गर्ने बताइएको छ । ती आयोजनाको अधिकांश निर्माण पूरा भइसकेका अवस्थामा कोभिडको कारण दर्शाउँदै उपकरण जडान गर्ने ठेकेदार कम्पनीले आलटाल गरिरहेका थिए । सो अवसरमा कार्यकारी निर्देशक घिसिङ छिटो काम सम्पन्न गराउन ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए । माथिल्लो तथा तल्लो साञ्जेन अर्धभूमिगत एवं रसुवागढी पूरै भूमिगत मोडेलको डिजाइनबाट तीनओटा जलविद्युत् आयोजना सन् २०१३ देखि निर्माण शुरू भएको हो । रासस