रसुवा – रसुवामा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाले आउँदो पुसदेखि विद्युत् उत्पादन सुरु गर्ने भएको छ ।
आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल तर्फको काम अन्तिम चरणमा पुगेको र अहिलेसम्म ९७ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । उपकरण जडानका लागि चिनियाँ कामदार तत्काल आए आउँदो दशैं अगाडि नै परीक्षण उत्पादन सुरु गरिने आयोजना प्रमुख सुदनसिंह महतले बताउनुभयो ।
१४ दशमलव ८ मेगावाट क्षमताको आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फ ७० र हाइड्रोमेकानिकलतर्फ ८५ प्रतिशत काम सम्पन्न भएको छ । आमाछोदिङ्मो गाउँपालिका&n...