राप्ती लोकमार्ग: बिग्रियो ‘ओटासिल’

राप्ती लोकमार्ग ठाउँठाउँमा जीर्ण छ। दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन्।

सम्बन्धित सामग्री

मुसिकोट नगरपालिकाले राप्ती लोकमार्ग अन्तर्गत सडक छेउमा बनेका घर, टहरा हटाउने

रुकुम (पश्चिम), साउन ३१ । मुसिकोट नगरपालिकाले राप्ती लोकमार्ग अन्र्तगत सडक छेउका घर, टहरा, घुम्ती हटाउने भएको छ । नगरपालिकाले मंगलबार एक सूचना सार्वजनिक गर्दै राप्ती लोकमार्गको सेरीगाउ, बागबजार, खलंगा, मठ, सल्लेसम्मका सडक अधिकार क्षेत्र भित्र मापदण्ड विपरित निर्माण गरिएका घर, टहरा, घुम्ती लगायतका भौतिक संरचनाहरु हटाईने जनाएको छ । बजार क्षेत्रका सडक छेउमा बनेका […]

राप्ती लोकमार्ग जीर्ण हुँदा विकल्प खोज्दै स्थानीय

दाङ । राप्ती लोकमार्गको स्तरोन्नति नहुँदा स्थानीयवासीहरूले यसको विकल्पमा गंगालाल मार्ग चौडा र पक्की सडक बनाउनु पर्ने बताएका छन् । दाङ हुँदै सल्यान, रुकुमसम्म पुग्ने राप्ती लोकमार्ग जीर्ण हुँदा जोखिमपूर्ण यात्रा गर्नु परेकाले छोटो दूरीको गंगालाल मार्ग स्तरोन्नति गर्नुपर्ने स्थानीयवासीहरूले बताएका हुन् । राप्ती लोकमार्ग स्तरोन्नतिका लागि जिम्मा पाएका निर्माण कम्पनीले समयमा काम नगरेको हो […]

राप्ती लोकमार्ग : बिग्रियो ओटासिल’

तुलसीपुर । राप्ती लोकमार्ग ठाउँ–ठाउँमा जीर्ण छ । दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन् । जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन्, जसले गर्दा आवतजावतमा समस्या छ भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ । ‘आवतजावत गर्दा धुलाम्मे हुन्छ, खाल्डाखुल्डीले पनि उत्तिकै समस्या पार्छ,’ सल्यानबाट दाङ आउँदै गरेका यात्रु रुद्रबहादुर रेउलेले भने, ‘दुर्घटनाको जोखिम उत्तिकै छ ।’ सल्यान कपुरकोटबाट तुलसीपुर पुग्दा मानिस चिन्न नसकिने अवस्था रहने यात्रुहरूको गुनासो छ । त्यस्तै समय पनि धेरै लाग्ने गर्छ । ‘धुलोले शरीर ढपक्कै ढाकेको हुन्छ,’ मोटरसाइकल चालक लक्ष्मण केसीले भने, ‘खाल्डाखुल्डीले गर्दा पहिलेजस्तो छिटो पनि आउन सकिँदैन, आधा घण्टा लाग्ने ठाउँमा एक डेढ घण्टा लाग्छ ।’ रासस

राप्ती लोकमार्ग : बिग्रियो ‘ओटासिल’

तुलसीपुर,१२ चैत । राप्ती लोकमार्ग ठाउँ–ठाउँमा जीर्ण छ । दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन् । जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन् । जसले गर्दा आवतजावतमा पनि समस्या छ भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ । “आवतजावत गर्दा धुलाम्मे हुन्छ, खाल्डाखुल्डीले पनि उत्तिकै समस्या पार्छ”, सल्यानबाट दाङ आउँदै गरेका यात्रु […]

बबई नदीमा आएको बाढीले राप्ती लोकमार्ग अवरुद्ध, दसैँ मान्न गएका अलपत्र

लगातारको वर्षाले बबई नदीमा बाढी आएको छ। बाढीले राप्ती लोकमार्ग अवरुद्ध भएको छ।  लोकमार्गमा पर्ने तुलसीपुर १२ र १३ नम्बर वडा जोड्ने सितलपुर पुलदेखि पश्चिम तिरको कच्वेमा पानीको बहाब अत्याधिक बढेको...

पहिराले राप्ती लोकमार्ग अवरुद्ध

काठमाडौँ,१३ भदौ । राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट सडकखण्डमा पहिरो जाँदा आवतजावत ठप्प भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार तुलसीपुर उपमहानगरपालिका–३ स्थित साततलेमा पहिरो खस्दा आज बिहानैदेखि आवतजावत ठप्प भएको छ । “त्यस ठाउँमा विभिन्न तीन÷चार ठाउँमा पहिरो गएको छ, हटाउने काम भइरहेको छ”, उनले भने, “पहिरो खसिरहेको अवस्था रहेकाले […]

पहिरोले राप्ती लोकमार्ग अवरुद्ध

राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर–कपुरकोट सडकखण्डमा पहिरो जाँदा आवतजावत ठप्प भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार तुलसीपुर उपमहानगरपालिका–३ स्थित साततलेमा पहिरो खस्दा आज बिहानैदेखि आवतजावत ठप्प भएको छ ।“त्यस ठाउँमा विभिन्न तीन÷चार ठाउँमा पहिरो गएको छ, हटाउने काम भइरहेको छ”, उनले भने, “पहिरो खसिरहेको अवस्था रहेकाले हटाउने समस्या भएको छ, त्यसमा पनि एउटा डोजर बिग्रिएकाले अर्को डोजर लैजान काम भएको छ, केही समय लाग्ल

राप्ती लोकमार्ग निर्माणका लागि बहुवर्षीय टेण्डर आह्वान गर्न सांसदकाे माग

काठमाडाैं । प्रतिनिधि सभाका सांसद टेकबहादुर बस्नेतले राप्ती लोकमार्ग निर्माणका लागि बहुवर्षीय टेण्डर आह्वान गर्न माग गर्नुभएको छ । प्रतिनिधि सभा बैठकको शुन्य समयमा शुक्रबार बोल्दै सांसद बस्नेतले काठमाडौंबाट दाङ हुँदै सल्यान र रुकुम पश्चिमको सदरमुकाम जोड्ने राप्ती लोकमार्ग निर्माण सम्पन्न नहुँदा अस्तव्यस्त भएको बताउनुभयो । उहाँले सो लोकमार्ग निर्माणका लागि बहुवर्षिय टेण्डर आह्वान गर्न […]

ज्यान हत्केलामा राखेर ‘राप्ती लोकमार्ग’ को यात्रा

असार ५, सल्यान। जीर्ण अवस्थामा रहेको घुमाउरो र खाल्डाखुल्डी भएको राप्ती लोकमार्ग अन्तर्गतको सल्यान–दाङ सडकखण्डमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । दशौँ वर्ष पहिले निर्माण भएको राप्ती लोकमार्गको यस सडक मर्मत र स्तरोन्नति नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता बनेको हो । साविकको राप्ती अञ्चलका तीन जिल्लाको ‘लाइफलाइन’ मानिने राप्ती लोकमार्ग जीर्ण हुँदा यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।  हिउँदमा धुलोका कारण आजित बनेका यात्रुहरु अहिले हिलो र पहिरोका कारण समस्यामा परेका छन् । विगत केही दिनयताको निरन्तरको वर्षा र सडक माथिबाट झरेको पहिरोका कारण यस सडकखण्ड भएर यात्रा गर्ने सबैले सास्ती खेप्नु परेको स्थानीय बताउँछन् । अझै पनि जीवन हत्केलामा राखी जोखिम र कष्टकरपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ । घुमाउरो, जीर्ण र साँघुरो सडकको समयमा मर्मतसम्भार र स्तरोन्नति हुन नसक्दा हिउँदमा धुलो र वर्षातमा हिलो तथा पहिरोका कारण सास्ती भोग्नुपरेको एम्बुलेन्स चालक हेमराज गिरीले बताए । जीर्णावस्थामा रहेको घुमाउरो र साँघुरो सडक भएकाले एक घन्टामा सहजै पार गरिने सल्यान–दाङ सडक अहिले झण्डै ३ घण्टा लाग्ने गरेको उनको भनाइ छ ।  ‘पहिरोले बाटो अबरुद्ध भएपछि बिहीवार चाउचाउको भरमा रात काट्यौँ, एम्बुलेन्समा सुतेर बिउझिँदा पहिरो झरेर झण्डै आधा पुरिसकेको रहेछ, धन्न बाँच्न सफल भयौँ, वर्षाको समयमा कतिबेला पहिरो आउँछ भन्ने थाहा नै हुँदैन’ उनले भने ‘सम्बन्धित निकायले बेलैमा सोचेको भए अहिले सास्ती भोग्नु पर्दैनथ्यो ।’  प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले सल्यान–दाङको सिमानादेखि सल्यान तर्फको भागको सडक चौडाको काम बन्द गरिएको बताइन् । निरन्तरको वर्षा र पहिरोको जोखिम भएकाले असार, साउन र भदौ तीन महीनाको लागि सडक चौडाको काम बन्द गरिएको उनले जानकारी दिईन् ।  यस सडकको मर्मत सहित स्तरोन्नतिको जिम्मेवारी पाएको निर्माण कम्पनीले बिगत केही महीना यता काम गर्दै आएको थियो । तर सडक स्तरोन्नतिको काम नसकिएपनि सडक डिभिजन कार्यालयले काम रोक्न परिपत्र गरेको छ ।  पहिरोको जोखिम बढेपछि कपुरकोट–दाङ सडक खण्ड भएर रातको समयमा आवतजावत नगर्न आग्रह गरिएको छ । निरन्तरको वर्षा र त्यसपछि सडक माथिबाट आउने पहिरोका कारण सवारीसाधन सञ्चालन गर्न जोखिम भएकाले रातको समयमा आवतजावत नगर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्द थापाले जानकारी दिए ।  वर्षातका कारण सडक माथिबाट पहिरो आउने सम्भावना धेरै भएकाले साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म यस सडकखण्ड भएर आवतजावत नगर्न आग्रह गरिएको उनले जानकारी दिए । बिहीवार मात्रै सकडमाथि बाट आएको पहिरोमा परेर एम्बुलेन्स सहित ४ ओटा गाडीमा क्षति पुगेको थियो ।