जुम्लाकाे ४ हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेती

जुम्ला पछिल्लो समयमा स्याउ उत्पादनले आत्मनिर्भर जिल्लाको रुपमा प्रख्यात बन्दै गएको छ। अहिले जुम्लामा १९ हजार घरधुरी मध्ये १६ हजार घरधुरी स्याउ खेतीमै निर्भरको तथ्यांकले देखाएको छ।...

सम्बन्धित सामग्री

रारा वरिपरि स्याउ खेती

कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा आसपासका बासिन्दाले स्याउ खेती गर्न थालेका छन् । रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने छायानाथ रारा नगरपालिका–३ तलितुम, माथितुम, सायाँखोला र हेर्निकाँध गाउँका स्थानीयले बाँझो तथा भोगचलन गर्दै आएको जग्गामा धमाधम स्याउ खेती गर्न थालेका हुन् ।

जुम्लाका ४२ हजार हेक्टर जमिनमा स्याउ खेती बिस्तार

जुम्ला – स्याउकाे जिल्लाकारुपमा परिचित जुम्लाले पछिल्लाे समय स्याउ खेती द्रुतरुपमा बढाउँदै लगेकाे छ । जुम्लाले बर्सेनि स्याउ उत्पादन मात्रै नभइ खेती पनि बिस्तार गर्दै लगेको छ ।  जिल्ला कृषि विकास कार्यालयले २०६४ सालमा एक घर एक स्याउ बगैँचा अवधारणा ल्याएपछि जिल्लाका प्रायः सबै घरमा स्याउ बगैँचा र स्याउ रोप्ने काम बिस्तार भएकाे छ ।  अहिले पछिल्लो समयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउको उत्पादन बढाउने, विज्ञता प्रदान गर्नेदेखि अनुदानसमेत दिन थालेपछि स्याउ खेती बढ्न थालेको छ ।&nb...

मनाङमा स्याउसँगै जुस र वाइन उत्पादन

मनाङको भ्राताङमा जिल्लाकै ठूलो स्याउ खेती उनकै छ। एग्रो मनाङ प्रालि उनैको हो। उनले ७३५ रोपनी क्षेत्रफलमा स्याउ खेती गरेका छन्।...

मनाङमा स्याउसंगै जुस र वाईन उत्पादन

मनाङस्थित भ्राताङमा जिल्लाकै ठूलो स्याउ खेती उनकै छ। एग्रो मनाङ प्रालि हो। ७ सय ३५ रोपनी क्षेत्रफलमा स्याउ खेती छ।...

बाजुराको गौमलमा सामूहिक स्याउ खेती फस्टाउँदै

धनगढी – बाजुराको गौमुल गाउँपालिकाको अन्द्रेडीमा सामूहिक स्याउ खेती फस्टाउन थालेको छ। आलु र सिमीको पकेट क्षेत्र मानिने अन्द्रेडीमा पछिल्लो समय सामूहिक स्याउ खेती फस्टाउन थालेको हो। गाउँपालिका केन्द्रबाट झण्डै एक दिनको पैदल यात्रामा पुगिने अन्द्रेडी आलु र सिमीलाई गाउँपालिकाले पकेट क्षेत्र घोषणा गरेको छ। गौमुल गाउँपालिका १ मा रहेको अन्द्राडी गाउँ भौगोलिक हिसाबले दुर्गम […]

उत्तरी गोरखामा फलेको स्याउ हेलिकप्टरबाट काठमाण्डौ पठाइयाे

गाेरखा – गोरखाको उत्तरी भेगमा व्यावसायिक स्याउ खेती सुरु गरिएको छ । चुमनुब्री गाउँपालिकाका किसानले स्थानीयस्तरमा यसअघि पनि स्याउ खेती गर्दै आएका थिए । अहिले भने एकै पटक तीन सय रोपनी जग्गामा स्याउ खेती सुरु गरिएको चुमनुब्री स्याउ ब्लक समूहका अध्यक्ष लाक्पा डुण्डुप लामाले बताउनुभयो ।  चुमनुब्री ४ को पोर भन्ने ठाउँमा रहेको स्याउ ब्लकमा चार हजार तीन सय ७० बिरुवा रोपिएकोमा पहिलो वर्षमै १० हजार किलो स्याउ उत्पादन भएको उहाँले जानकारी दिनुभयो । ‘हामीले उत्पादन गरेको स्याउ अर्गानिक छ, खानेहरूले विदेशी स्याउ भ...

म्याग्दीको गुर्जामा इटालियन जातको स्याउ खेती शुरु

साउन ७, म्याग्दी । हिमाली जिल्ला म्याग्दीको अत्यन्त दुर्गम मानिएको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्व जातका इटालियन जातको स्याउका विरुवा लगाएर स्याउ खेती शुरु गरिएको छ । जिल्लामै पहिलो पटक इटालियन जातको स्याउको व्यावसायिक खेती गरिएको हो । गुर्जाको हिमाली कृषि सहकारी संस्थाले गाउँपालिका र कृषि ज्ञान केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा उच्च घनत्वको स्याउखेती गरिएको हो । इटालीबाट उच्च घनत्व जातका स्याउका कलमी बिरुवा ल्याएर गुर्जामा खेती गरिएको धवलागिरि गाउँपालिका १ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । ‘गुर्जामा म्याग्दी जिल्लामै पहिलो पटक व्यावसायिक स्याउखेती भएको हो’, उनले भने, ‘१० रोपनी जग्गामा गत हिउँदमा रोपेको स्याउको बिरुवाले रोपेकै वर्षदेखि फल्न थालेकाले गुर्जामा सफल हुने देखिएको छ ।’ कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदान सहयोगमा २५६ र वडाको प्रस्तावमा गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा ५९२ बिरुवा खरीद गरिएको थियो । गुर्जामा स्याउखेतीका लागि गतवर्ष कृषि ज्ञान केन्द्रले रू. एक लाख ५० हजार र गाउँपालिकाले रू. पाँच लाख विनियोजन गरेको थियो । गुर्जाको नाइलीबाङमा २६ किसानले दश रोपनी पाखोबारीमा स्याउका बिरुवा लगाएका छन् । गुर्जाको स्याउखेती भएको ठाउँको उचाइ समुद्री सतहदेखि दुई हजार ७०० मिटर छ । अन्यत्र यही उचाइमा खेती सफल भएकाले गुर्जामा पनि स्याउखेती भित्र्याइएको वडाध्यक्ष छन्त्यालले बताए । छिटो फल्ने, धेरै उत्पादन दिने, फल टिप्न र खेती गर्न सजिलो हुने भएकाले उच्च घनत्वको स्याउ खेतीप्रति किसानको आकर्षण बढेको छ । किसानले परीक्षण उत्पादन सफल भए स्याउखेती विस्तार गर्ने योजना बनाएका छन् ।  यसअघि गुर्जामा स्थानीय जातको स्याउखेती गरिए पनि अपेक्षाकृत सफलता हासिल भएको थिएन । कृषि ज्ञान केन्द्रका कृषिप्रसार अधिकृत गोविन्द पाण्डेले गुर्जामा परीक्षणका लागि उच्च घनत्वको स्याउखेती गर्न इटलीबाट बिरुवा ल्याइएको बताए । ‘पुराना र परम्परागत रैथाने स्याउका बोटले उत्पादन तथा गुणस्तरीय स्याउ फलाउन छाडेपछि त्यसको साटो छिटोे फल्ने उच्च घनत्वको स्याउ बिरुवा लगाउन थालिएको हो’, उनले भने, ‘गुर्जामा उच्च घनत्वको स्याउखेती सफल भएमा खेर गइरहेको बाँझो जमीनलाई सदुपयोग गर्न र किसानको आम्दानी बढाउन सकिने सम्भावना छ ।’ गुर्जामा परीक्षण सफल भएमा उच्च लेकाली क्षेत्रहरुमा पनि यही प्रजातीको स्याउ खेती विस्तार गरिने कृषि ज्ञान केन्द्र म्याग्दीले जानकारी दिएको छ ।

स्याउ खेती बिमामा गर्न किसानको आकर्षण बढ्यो

मौसममा आधारित स्याउ खेती बिमा गर्न कर्णालीका किसान हौसिएका छन । मौसमका कारण स्याउमा हुने क्षति स्वरूप किसानले क्षतिपूर्ति पाउन थालेपछि किसान उत्साहित हुदै स्याउ खेती बिमा गर्न थालेका हुन ।...

१३ करोड लगानीमा फुजी स्याउ खेती

४० हजार बिरुवा रोपिँदैजुम्लामा फुजीजातको स्याउ खेती सफल भएपछि लगानी बढ्दै गएको छ । छोटो समयमै फल लाग्ने,उत्पादन पनि बढी हुने भएकाले जुम्ली किसान करोडांै लगानी गरेर फुजीजातको व्यावसायिक स्याउ खेतीमा जुटेका छन् ।गुठीचौर एग्रो फर्मका व्यवस्थापक केसीबहादुर भण्डारीले करिब १३ करोड लगानीमा फुजीजातको स्याउ खेती गर्ने तयारी गरेका छन् । ९५ जना स्थानीयको स्थानीयको […]

बाजुरामा फस्टाउँदै स्याउ खेती

बाजुरामा पछिल्लो समय स्याउ खेती फस्टाउँदै गएको छ । कृषि ज्ञान केन्द्र बाजुराले स्याउ खेती हुने बाजुराको विभिन्न ठाउँको सम्भाव्यता अध्ययन गर्दै किसानलाई स्याउ खेती गर्न लगाएपछि पछिल्लो समय बाजुरामा स्याउ खेती फस्टाउँदै गएको हो ।