डुडुवा खोलाले बर्सेनि गर्दै आएको तीव्र कटान र डुबानका कारण तीन वटा पालिकाका विभिन्न गाउँबस्ती र खेतीयोग्य जग्गा जोखिममा परेका छन् । वर्षाको समयमा डुडुवाको कटान र डुबानबाट कोहलपुर नगरपालिका, नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका विभिन्न गाउँबस्ती र खेतीयोग्य जमिन अत्यधिक जोखिममा परेका हुन् ।
हाम्रो मुलुकमा बसाइँसराइ एउटा ठूलो समस्याका रूपमा देखिएको छ । हिमालबाट पहाड, पहाडबाट तराई, तराईबाट बजार तथा सहरी क्षेत्र हुँदै विदेशमा बसाइँसराइ गर्नेहरूको क्रम दिनानुदिन बढिरहेको छ । त्यसो त समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा मानिसले स्वाभाविक रूपमा सुविधाहरूको खोजी गरिरहेको हुन्छ । बसाइँसराइमा आकर्षण र विकर्षण गर्ने विभिन्न तत्वहरू हुन्छन् । शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका विभिन्न सुविधाहरूले […]
The post सहरको रहरले रित्तिदै गाउँबस्ती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
गलेश्वर (म्याग्दी), ६ मङ्सिर । हेमन्त ऋतुको सुरुआतसँगै आकाश छ्याङ्गै उघ्रिएको छ । पाहारिलो घामको स्पर्शले कलकलाउँदो प्रकृतिमा नयाँ रौनक थपिएको छ । उत्तरपट्टि सेता हिमाल अत्यन्त मनमोहक देखिन थालेका छन् । पर्यटकीयस्थलमा पर्यटकहरु रमाइहेका भए पनि म्याग्दीका गाउँबस्तीहरु भने सुनसान भएका छन् । दसैँ–तिहारजस्ता चाडपर्व मनाउन लामो बिदामा गाउँ आएकाहरु आ–आफ्नो कार्यक्षेत्रतिर फर्किएपछि गाउँबस्ती […]
छठ पर्वले मधेशको मिथिला क्षेत्र अहिले धपक्क बलेको छ । यहाँका शहर र गाउँबस्ती सजिएका छन् । जलाशयमा बनाइएका चित्ताकर्षक घाट र त्यहाँको चहलपहलले सबैलाई आकर्षित गरेको छ ।
कञ्चनपुर, असोज २९ । ठूला चाडबाड सुरु भएसँगै कञ्चनपुरका गाउँबस्ती खेलमय बनेका छन्। दसैँ तथा तिहारको अवसरमा आयोजना गरिने खेलकुदका गतिविधि बाक्लिँदा गाउँबस्ती खेलमय बनेका हुन्। घरभन्दा टाढा रहेका मानिस चाडबाडको लागि घर फर्किएपछि गाउँमा चहलपहल बढेको छ। जिल्लाका विभिन्न ठाउँमा चाडबाडलाई लक्षित गरेर सानाठूला खेलकुद प्रतियोगिता आयोजना भइरहेका छन्। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ मा […]
यही वैशाख ३० मा सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचन आउन अब नौ दिन मात्रै बाँकी रहँदा गाउँबस्ती चुनावमय बनेका छन् । उम्मेदवार आफ्ना कार्यकर्तालाई साथ लिएर विकास र समृद्धिका प्रतिबद्धतासहित बस्ती छिरेका छन् । उम्मेदवारले मतदातालाई आश्वास्त पार्न घरदैलो पुगेर अभियान चलाइरहेका छन् । दलका उम्मेदवार आफ्ना पार्टीका घोषणापत्र र कार्यसूची तथा आफ्ना योजना बोकेर मतदाताका घरघरमा पुगेका छन् । चुनाव जितेर गाउँबस्ती नफर्कने आरोप लाग्ने गरेका उम्मेदवारले अहिले मतदातासँगको भेटघाट एवं छलफल तीव्र पारिरहे
हिमाली जिल्ला मनाङमा चिसोका कारण गाउँबस्ती सुनसान भएको छ । चिसो छल्न भन्दै जिल्ला छाड्ने नागरिक बढेपछि गाउँबस्ती सुनसान बनेको हो । अहिले जिल्लाका अधिकांश घर बन्द छ । केही स्थानीय मात्र जिल्लामा छन् । केहीले आफ्नो घर कुरुवाको जिम्मा लगाएका छन् । चिसो बढ्न थालेपछि मंसिर अन्तिम साताबाटै स्थानीयहरु काठमाडौं, पोखरा, चितवन, लमजुङमा छन् ।
जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ७ र ८ भेरीखोला विकट गाउँबस्ती हो । यहाँ सिञ्चित खेतीयोग्य जमिन न्यून छ । अकासे पानीको भरमा यहाँका नागरिकले खेतीपाती गर्दै आएका छन् ।...