छठ पर्वले मधेशको मिथिला क्षेत्र अहिले धपक्क बलेको छ । यहाँका शहर र गाउँबस्ती सजिएका छन् । जलाशयमा बनाइएका चित्ताकर्षक घाट र त्यहाँको चहलपहलले सबैलाई आकर्षित गरेको छ ।
छठ पर्वले मधेशको मिथिला क्षेत्र अहिले धपक्क बलेको छ । यहाँका शहर र गाउँबस्ती सजिएका छन् । जलाशयमा बनाइएका चित्ताकर्षक घाट र त्यहाँको चहलपहलले सबैलाई आकर्षित गरेको छ ।
महोत्तरी – छठ पर्वले मधेसका महोत्तरीसहितको मिथिला क्षेत्र अहिले धपक्क बलेको छ। यहाँका सहर र गाउँबस्ती सजिएका छन्। जलाशयमा बनाइएका चित्ताकर्षक घाट र त्यहाँको चहलपहलले सबैलाई आकर्षित गरेको छ। विभिन्न रङका कलात्मक बिजुलीको उज्यालोले मिथिला क्षेत्र जगमगाएको छ। मिथिलाका बासिन्दा सडक, ढल सफा गर्न जुटेका छन्। गाउँ बस्तीका कच्ची घर पनि अहिले नयाँ माटोले लिपपोत […]
महोत्तरी । मधेश प्रदेशको प्राचीन मिथिला क्षेत्रमा धार्मिक, सांस्कृतिक पर्वसँगै किसानका विभिन्न उत्पादनको सम्बन्ध जोडिएको छ । श्रीपञ्चमी पर्व नजिकिएसँगै बयर (रूखमा फल्ने फलविशेष) र केशोर (माटोमुनि फल्ने फलविशेष) उत्पादन भएपछि किसान खुसी भएका छन् । अहिले यो पर्व नजिकिएसँगै महोत्तरीका हाटबजारमा केशोर र बयरको व्यापार बढेको छ ।
वसन्तपञ्चमी पनि भनिने यस पर्वमा सरस्वतीको पूजाका लागि बयर र केशोरको महत्व निकै हुन्छ । हरेक बस्तीमा प्रसादका रूपमा उपयोगमा ल्याइने बयर र केशोरले विद्यालय र घरघरै उल्लासमय वातावरणमा मनाइने सरस्वती पूजाका समयमा राम्रो बजार पाउँछन् । पर्व नजिकिएसँगै केशोर खन्न र बजार पुर्याउन किसानहरू तल्लीन देखिन्छन् ।
‘लगातार बाक्लो हुस्सुसँगैको चिसो स्याँठले काम गर्न कठिन भए पनि केशोर खन्न लागेका छौं,’ बर्दिबास–९ पशुपतिनगरका किसान रामविनोद महतोले भने, ‘ केशोरले बजार पाउने अबका चार दिन त हो ।’
यस वर्ष श्रीपञ्चमी पर्व माघ मध्यअघि नै पर्दा केशोर खन्ने उपयुक्त बेला भए पनि लगातारको चिसोले दुःख दिएको एक किसानले बताए । चिसो बढी भएमा केशोरमा कालो धब्बा लाग्छ ।
बर्दिबास, गौशाला, भंगाहा, औरहीलगायत जिल्लाका उत्तरवर्ती नगर क्षेत्रका बस्तीमा केशोरको व्यावसायिक खेती हुँदै आएको छ । यहाँको केशोर देशका विभिन्न भागमा मात्र सीमित नरही भारतको पश्चिम बंगालसम्म पुग्छ । त्यसैले अहिले केशोर व्यापारीको चहलपहल बढेको छ ।
केशोरको व्यावसायिक खेती हुने भए पनि यहाँ बयरको व्यावसायिक खेती भने फस्टाएको छैन । यहाँको उत्पादन अपुग रहेकाले बजारमा बाहिरबाट मनग्ये बयर आउने गरेको छ ।
‘बयरका रूख त छन् तर उनै पुराना, जे फल्छ भगवान् भरोसे,’ भंगाहा–४ पलारका किसान जयकरण बाँतरले भने, ‘यो पनि वसन्तपञ्चमी ताका टिप्न सकिएन भने झरेर खेर जान्छ, त्यसैले टिप्दै छौं ।’
यता उन्नत जातका बयरको खेती नथालिँदा भारतबाट आउने बयरमा आश्रित हुन परेको किसान बताउँछन् । स्थानीय सरकारले उन्नत जातका बयरका बिरुवा उपलब्ध गराइदिए आपूmहरू खेती गर्न इच्छुक रहेको जयकरणकै छिमेकी महेश सर्दार बाँतरले बताए ।
यसैगरी माटोमुनि फल्ने केशोर तयार हुने समय पनि माघ मध्यमै हो । खन्न ढिलो हुनासाथ कुहिँदै जाने, कालो धब्बा लाग्ने एवं स्वाद बिग्रने हुँदा अहिले केशोर खन्न किसान व्यस्त देखिएका छन् ।
‘केशोर खन्न अब ढिलो गर्न हुन्न, श्रीपञ्चमी आउन अब केही दिनमात्र बाँकी छ, आउने बिहीबारसम्म पर्वका लागि यसको बजार हुन्छ,’ बर्दिबास–७ मनहरिपुरका किसान रोशन यादवले भने, ‘त्यसैले घरका सबै केशोर खन्न जुटेका छौं ।’
टाढाटाढासम्म केशोर निर्यात गर्ने मनहरिपुरका किसान बारीमा फसल तयार भए पनि मौसमको राम्रो साथ नपाएको बताए । खनेको केशोर तत्कालै नबिग्रने हुँदा मनहरिपुरमा अहिले घरघरैजसो आँगनमा खनेका केशोरका थुप्रा देखिन्छन् ।
बयरको व्यावसायिक खेती गर्ने किसान त जिल्लामै थोरै छन् । स्वास्थ्यका दृष्टिले गुणकारी फल केशोर पर्वविशेषको प्रसाद सामग्रीमात्र नभई मौसममा फल्ने फलका रूपमा खाने चलन बसाल्न सके यसको बजार अझ विस्तार हुने स्वास्थ्यकर्मीको भनाइ छ ।
खानामा अरुचि हटाउन, पाचन क्रिया मजबुत बनाउन, कोशिकाहरू सक्रिय बनाउन र रगत शुद्धीकरणका लागि पनि केशोर उपयोगी फल मानिने स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले बताए ।
अहिले उत्पादन भएको केशोर खनेर चिस्यानघरमा राख्न सके वैशाख÷जेठको गर्मीयाममा राम्रो मूल्यमा बिक्री गर्न सकिन्छ तर चिस्यानघरको अभावमा सुरक्षित राख्न कठिन भएको उनको गुनासो छ । -रासस
जनकपुरधाम । मैथिलहरुले आज जुडशितल पर्व मनाएका छन् । विक्रम संवत् परम्पराको प्रत्येक नयाँ वर्षमा ‘जुडशीतल’ पर्व मनाइन्छ । दुई दिन मनाइने यो पर्वको पहिलो दिन ‘सतुवाइन’ र बैशाख २ गतेलाई ‘जुडशीतल’ भनिन्छ । उल्लास र सहकालको प्रतीक मानिने यो पर्वले प्राचीन मिथिला क्षेत्र उल्लासमय बनेका छन् । मधेश प्रदेश सरकारले यो पर्वको महत्व देखेर […]
The post जनकपुरमा मनाइयो जुडशितल पर्व appeared first on राजधानी राष्ट्रिय दैनिक.
४ चैत, जनकपुरधाम । मधेशका जिल्लामा आज उल्लासमय वातावरणमा होली पर्व मनाइँदैछ । प्रदेशको राजधानी जनकपुरधाममा भने भोली होली मनाइनेछ । यद्यपी जनकपुरधाममा आज बिहानैदेखि उल्लासमय वातावरण छ । मिथिला माध्यमिकी परिक्रमाका श्रद्धालुहरु बिहानैदेखि जनकपुरधाममा परिक्रमा गरिरहेका छन् । १५ दिन अगाडिदेखि सुरु भएको मिथिला माध्यमिकी परिक्रमाको आज अन्तिम दिन हो । अन्तिम दिन जनकपुरधामभित्रै […]