कटानले गाउँबस्ती जोखिममा

डुडुवा खोलाले बर्सेनि गर्दै आएको तीव्र कटान र डुबानका कारण तीन वटा पालिकाका विभिन्न गाउँबस्ती र खेतीयोग्य जग्गा जोखिममा परेका छन् । वर्षाको समयमा डुडुवाको कटान र डुबानबाट कोहलपुर नगरपालिका, नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका विभिन्न गाउँबस्ती र खेतीयोग्य जमिन अत्यधिक जोखिममा परेका हुन् ।

सम्बन्धित सामग्री

नदी कटानले बस्ती जोखिममा

कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित बेल र गुडरुङ नदीको कटानका कारण दरखसवा गाउँका ७५ घरपरिवार उच्च जोखिममा रहेका छन्। दुइटै नदीले पूर्व र पश्चिमबाट वर्षौंदेखि कटान गर्दा गाउँबस्ती नै विस्थापित हुनुपरेको छ। कपिलवस्तु हरिहरपुरका ६० वर्षीय बुदई नाउँ नदीको कटनाका कारण बर्सातको समयमा रातभर जागाराम बस्न बाध्य भएको गुनासो गर्नुहुन्छ। नदी कटानलाई समयमा नियन्त्रण गर्न सकिएन भने गाउँ नै विस्थापित हुने भनाइ नाउँको छ।

बेल र गुडरुङ नदीको कटानले दरखसवा गाउँ उच्च जोखिममा

कपिलबस्तुको बुद्धभूमि नगरपालिकास्थित बेल र गुडरुङ नदीको कटानका कारण वर्षौंदेखि दरखसवा गाउँका ७५ घरपरिवार उच्च जोखिममा छन् । दुवै नदीले पुर्व र पश्चिमबाट वर्षौंदेखि गाउँबस्ती नजिकै कटान गरे पनि नदी नियन्त्रणको खासै प्रयास नहुँदा स्थानीय बासिन्दा वर्षाको समयमा रातभर जाग्राम बस्न बाध्य भएको बताउँछन् ।

बस्ती नै कटानको जोखिममा

निरन्तरको वर्षासँगै त्रियुगा नदीमा आएको बाढीका कारण तटीय क्षेत्रका गाउँबस्ती कटानको जोखिममा परेका छन् । तीव्र रूपमा भइरहेको कटानले चौदण्डीगढी र बेलका नगरपालिका क्षेत्रका दर्जनभन्दा बढी बस्ती डुबानमा परेका थिए ।