काठमाण्डाै - सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिनभित्र मातहतका कार्यालयमा खटाइएका कर्मचारीहरुले रमाना लिएको/दिएको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।
एक हप्ताभित्र खटाइएको क्षेत्रको रमाना लिन वा दिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको वैशाख २७ गते सम्बन्धित कार्यालयलाई परिपत्र गरेको थियो । परिपत्रको कार्यान्वयनका लागि हिजो तीन दिनभित्र विवरण उपलब्ध गराउन निर्देशन दिएको मन्त्रालयले जनाएको छ।
परिपत्रमा भनिएको छ, ‘मन्त्रालय/आयोग/सचिवालय/प्रदेश वा अन्तर्गतका कार्यालय र पालिकामा सरुवा/पदस्थाप...