जसपाले पार्टी निर्णविपरीत लुम्बिनी प्रदेशमा मन्त्री बनेका आफ्ना ४ सांसदलाई कारबाही गर्ने भएको छ। जसपा लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले ४ जना सांसदलाई तत्काल मन्त्रीपद त्याग्न निर्देशनसहित स्पष्टीकरण सोध्ने र चित्तबुझदो जबाफ नआउँदा सम्म पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय भएको बताए।
उनले जारी गरेको विज्ञप्तिमा सोमबारै पार्टीको संसदीय दलको बैठक बसी कांग्रेस र मओवादीसँगको सहकार्यमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने निर्णय भएको उल्लेख छ। पार्टी निर्णय उल्लंघन गरेर सरकारमा सामेल हुने सांसदले तत्...