लगातार दोस्रो वर्ष पनि विश्वको अटो विक्रीमा टोयोटा अगाडि

पुस २९, टोकियो । जापानी अटो निर्माता कम्पनी टोयोटा मोटर कर्पोरेशन लगातार दोस्रो वर्ष विश्वको अटो विक्रीमा शीर्ष स्थानमा रहेको छ ।  जर्मन अटोे निर्माता कम्पनी फक्सवागन एजीलाई पछाडि पार्दै सन् २०२१ मा टोयोटा लगातार दोस्रो वर्ष सर्वाधिक अटो विक्रेता बनेको हो । सन् २०२१ को जनवरीदेखि नोभेम्बरको बीचमा टोयोटाका कुल ९५ लाख ६० हजार थान सवारी विक्री भएको छ ।  यो फक्सवागन एजीकोभन्दा निकै धेरै हो । सो अवधिमा विश्वभर फक्सवागनका ८८ लाख ८० हजार थान सवारी विकेको बुधवार फक्सवागनले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।  कोरोना भाइरसको महामारीका कारण पार्टस्को आपूर्ति शृंखलामा उत्पन्न अवरोधले टोयोटालाई फक्सवागनलगायत अन्य अटो निर्मातालाई जस्तो गरी मार नपरेको देखिएको छ । चिप अभाव बीच फक्सवागन उत्पादन घटाउन बाध्य भएको थियो । आफ्नो गृह बजार पश्चिम यूरोपमा फक्सवागनको विक्री २ दशमलव ७ प्रतिशतले घटेर २८ लाख ६० हजार थानमा आएको छ । मुख्य बजार चीनमा पनि विक्री १४ दशमलव १ प्रतिशतको कमीसहित ३३ लाख थानमा झरेको थियो ।  विद्युतीय सवारी साधनको विक्री भने दोब्बर हुँदै ४ लाख ५२ हजार ९०० थानमा उक्लिएको छ । प्लग–इन हाइब्रिड कारको विक्री पनि करीब ६० प्रतिशतले बढेर ३ लाख ९ हजार ५०० थानमा पुग्यो । एजेन्सी

सम्बन्धित सामग्री

अटो शोमा हुने छैनन् चर्चित ४ ब्राण्ड

काठमाडौं । नाडा अटो शो २०२३ मा चर्चित ४ ब्राण्डले आफ्ना उत्पादन प्रदर्शनी नगर्ने भएका छन् । विशेषगरी विश्व चर्चित ब्राण्डहरुको उपस्थिति नहुने भएको हो । विश्वकै ठूला कम्पनीहरु टोयोटा र फक्सवागेन अटो शोमा हुने छैनन् । यी दुबै कम्पनी विश्व बजारमा सर्वाधिक कार बिक्री गर्ने ब्राण्ड हुन् । त्यसको अलावा अमेरिकी ब्राण्ड जीपका उत्पादन […]

संघाई अटो शोमा देखाइएका १३ इलेक्ट्रीक कार (तस्विरसहित)

काठमाडौं । चीनको संघाईमा अप्रिल १८ तारिखबाट सुरु भएको ‘संघाई अटो शो २०२३ मा विभिन्न कम्पनीले आफ्ना उत्पादन प्रदर्शनी गरिरहेका छन् । उक्त एक्स्पोमा चीनका दुई दर्जभन्दा बढी कार उत्पादक र अन्य ग्लोवल उत्पादकले भाग लिएका छन् । विगत देखिनै विश्वभरको ध्यान खिच्न सफल संघाई अटो शोमा बीएमडब्लू, फक्सवागन, बीवाइडी, निसान, टोयोटा जस्ता चल्तीका ब्राण्डले […]

ईभीमय बन्यो ‘अटो एक्स्पो २०२३’

नयाँ दिल्ली । भारतमा आयोजना भएको अटो एक्स्पो २०२३ ईभीमय बनेको छ । भारतलाई आधार बनाएर उत्पादन गर्दै आएका अटो निर्माताहरुले एक्स्पोमा विद्युतीय कारलाई प्राथमितामा राखेर प्रदर्शनी गरेका हुन् । एक्स्पोमा बीवाइडी, टाटा, हुन्डाई, किया, टोयोटा, एमजी र मारुती सुजुकीले विद्युतीय कार प्रदर्शन गरेका थिए । त्यसैगरी, आइसर, अशोक लेलैण्ड, स्वीस, ओमेगा सिक्की जस्ता ब्राण्डले […]

जनवरीदेखि मूल्य बढाउने तयारीमा भारतीय अटो निर्माता कम्पनीहरु

पुस १२, नयाँदिल्ली(भारत) । नयाँवर्ष प्रारम्भसँगै भारतका अटो निर्माता कम्पनीहरुले आफ्ना उत्पादनहरुको मूल्य बढाउने घोषणा गरेका छन् । सन् २०२२ को जनवरीदेखि भारतका प्रायः कार तथा बाइक निर्माण कम्पनीले विभिन्न कारण उल्लेख गर्दै आफ्नो उत्पादनको मूल्य बढाउने घोषणा यसअघि नै गरिसकेका छन्।  ती कम्पनीहरूले विभिन्न कारण देखाउँदै उत्पादनको मूल्य बढाउने बताएका हुन्। उत्पादन मूल्य बढाउने केही कम्पनीहरू मध्ये पहिलोमा रहेको छ मारुती सुजुकी । भारतीय अटोमोबाइल उत्पादक मारुती सुजुकीले उत्पादन लागत बढेसँगै सवारीको मूल्य बढाउनुपर्ने कारण देखाएको छ। विगत वर्षमा विविध उत्पादन लागतमा वृद्धि हुँदा यसले सवारी साधनको भाउमा निकै प्रभावित बनाएको कम्पनीले एक्सचेञ्जमा बुझाएको फाइलिङमा भनेको छ । मूल्य वृद्धिमार्फत यसको केही भार उपभोक्ताहरुको काँधमा सार्न लागिएको पनि फाइलिङमा भनिएको छ । मूल्य वृद्धि सन् २०२२ को जनवरीदेखि गर्ने योजना बनाइएको र फरक मोडलअनुसार वृद्धि फरक हुने पनि कम्पनीले बताएको छ । त्यसो त हिरो मोटोकर्पले पनि दुई–पाङ्ग्रे सवारीको मूल्य बढाउँदैछ । भारतको सबैभन्दा ठूलो दुई–पाङ्ग्रे सवारी निर्माण कम्पनी हिरो मोटोकर्पले सन् २०२२ को जनवरी ४ तारिखदेखि मोटरबाइक तथा स्कुटरको मोडलको मूल्य बढाउँदैछ। कम्पनीले कच्चा सामग्रीको मूल्यदर लगातार बढेको भन्दै मोटरबाइक र स्कुटरको मूल्य परिमार्जन गर्नुपरेको बताएको छ।  त्यसैगरी टाटा मोटर्सले पनि जनवरीदेखि नै आफ्नो उत्पादनहरूको मूल्य बढाउने घोषणा गरिसकेको छ ।अटो हिन्दुस्तानका अनुसार विद्युतीय गाडीहरूको मूल्य पनि बढाउने तयारीमा कम्पनी रहेको छ।  त्यसो त डुकाटी इन्डियाले पनि जनवरी १ तारिखदेखि लागू हुनेगरी आफ्नो सम्पूर्ण मोडल तथा भेरियन्टको मूल्य बढाउने भएको छ । उता लक्जरी कार निर्माण कम्पनी ‌औडी इन्डियाले पनि यही जनवरी १ तारिखदेखि आफ्नो मोडलहरूको मूल्य बढाउने भएको छ । कम्पनीले आफ्ना प्रत्येक मोडलमा तीन प्रतिशतका दरले मूल्य बढाउने बताएको छ।  टोयोटा तथा कावासाकी, स्कोडा, सिट्रोन इन्डियो, भक्सवान पनि मूल्य बढाउने तयारीमा छन् ।  ती मध्ये अधिकांश कम्पनीले गत महीनामा सार्वजनिक गरेको विज्ञप्तिमा कच्चा सामग्रीको मूल्य वृद्धिसँगै गाडी निर्माण लागत बढेको र यसै कारण उत्पादनको मूल्य बढाउने उल्लेख गरेको छन्। एजेन्सीहरु

ब्याट्रीबाट चल्ने ईभीमा ३५ अर्ब डलर लगानी गर्दै टोयोटा

मंसिर २९, टोकियो (जापान) । जापानी अटो निर्माता कम्पनी टोयोटाले ब्याट्रीबाट चल्ने विद्युतीय सवारी सधानमा ३५ अर्ब डलर (४० खर्ब येन) लगानी गर्दैछ । सन् २०३० सम्ममा ब्याट्रीबाट चल्ने विद्युतीय सवारी सधानको ३० पूर्ण लाइन अप निर्माण गर्न कम्पनीले सो लगानी गर्न लागेको हो । कम्पनीले सन् २०३० को दशकको अन्त्यसम्ममा विश्वभर ब्याट्रीबाट चल्ने सवारी साधनको विक्री बढाएर वार्षिक ३५ लाख थानसम्म पुर्‍याउने योजना बनाएको कम्पनीको सीईओ आकिओ तोयोदाले मंगलवार बताएका थिए । टोयोटाको अहिले विक्री भइरहेका विद्युतीय सवारी साधन हाइब्रिड कार हुन् । यसमा ब्याट्रीबाट मात्रै चल्ने ईभीको हिस्सा निकै न्यून छ । कम्पनीले ब्याट्री प्रविधिमा लगानी ५ खर्ब येन (४ अर्ब ४० करोड डलर) ले बढाएर २० खर्ब येनमा पुर्‍याउने योजना बनाएको पनि तोयोदाले बताए । यो ब्याट्रीबाट चल्ने विद्युतीय सवारी साधनमा कम्पनीले गर्ने भनेको ४० खर्ब येन लगानीको हिस्सा हो । यसमा पूँजीगत खर्च र अनुसन्धान तथा विकास दुबै रहेका छन् । एजेन्सी

छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

बुटवलमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका –१० कालिकानगरमा वाईरीङ गर्ने क्रममा करेन्ट लागेर बुटवलको फ्युचर टाईम कम्पनीमा कार्यरत पाल्पाको  रुम्बा गाउँपालिका–१ का २१ वर्षीय अशोक घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । टोयोटा अटो वास प्रा.लि.को पुरानो बोर्डमा वाईरीङ गर्ने क्रममा करेन्ट गम्भीर घाइते घर्तीको उपचारको क्रममा रुपन्देहीको तिलोत्तमा रहेको क्रिमसन अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । घटनाबारेमा थप अनुसन्धान शुरु भएको

थप ४ लाख थान उत्पादन घटाउँदै टोयोटा

भदौ २७, टोकियो (जापान) । जापानी अटो निर्माता कम्पनी टोयोटा मोटरले विश्वभर सवारी साधन उत्पादन थप ४ लाख थानले घटाउने भएको छ । सेप्टेम्बर र अक्टोबरमा उक्त परिमाणमा उत्पादन घटाउन लागिएको हो । दक्षिण एशियाबाट पार्ट्स खरीदमाअप्ठयारो भएको तर्फ औंल्याउँदै कम्पनीले यस्तो निर्णय गरेको हो ।  कम्पनीले यसअघि ३ लाख ६० हजार थान उत्पादन घटाउने घोषणा गरिसकेको छ ।सेप्टेम्बरमा ७० हजार थान र अक्टोबरमा ३ लाख ३० हजार थान सवारी साधन उत्पादन कम गर्ने कम्पनीको निर्णय छ । फलतः यस महीनामा कम्पनीको उत्पादन यसअघि अनुमान गरिएको भन्दा आधा मात्रै हुनेछ । आगामी महीना भने यो दर ४० प्रतिशत कम हुने छ । विश्वभर देखिएको चिप अभावका कारण पनि उत्पादन प्रभावित भएको हो ।  मार्चसम्मको चालू आवमा टोयोटाले घरेलु र सीमापार उत्पादन प्रक्षेपण कम गरेको छ । नोभेम्बर र त्यसपछिको महीनाको उत्पादन परिदृश्य अस्पष्ट छ । तर सञ्चालन आय प्रक्षेपणमा भने कुनै परिवर्तन नगर्ने योजना टोयोटाको छ । एजेन्सी

विद्युतीय सवारीको ब्याट्री प्रविधि विकासमा १३ अर्ब ५० करोड डलर खर्चदै टोयोटा

भदौ २२, टोकियो (जापान) । जापानी अटो निर्माता कम्पनी टोयोटा मोटर कर्पोरेशनले मंगलवार ब्याट्री र ब्याट्री आपूर्ति प्रणालीको विकास गर्न १३ अर्ब ५० करोड डलर खर्च गर्ने घोषणा गरेको छ ।  कम्पनीले आगामी दशकमा स्वचालित प्रविधिमा अग्रणी बन्ने प्रयासमा सन् २०३० सम्ममा सो रकम खर्च गर्न लागेको हो । कम्पनीले आगामी वर्ष आफ्नो पूर्ण विधुतीय सवारी साधन बजारमा ल्याउँदैछ ।  ब्याट्रीमा प्रयोग गरिने सामाग्री र सेलको संरचनामा काम गरेर ब्याट्रीको लागत ३० प्रतिशतसम्म घटाउने लक्ष्य टोयोटाको छ । स्वचालित प्रविधि र विद्युतीय सवारी साधनतर्फको रुपान्तरणका लागि थप खर्च गरिने मंगवार रजर्मन अटो निर्माता कम्पनी फक्सवागनले बताएको थियो ।  आफ्नो व्यवसायमा कम्पनीले सन् २०२५ सम्ममा १ खर्ब ७८ अर्ब डलर खर्च गर्ने योजना कम्पनीको छ । एजेन्सी

सर्वाधिक कार विक्रेता कम्पनी बन्यो टोयोटा

साउन १४, टोकियो (जापान) । जापानी अटो निर्माता कम्पनी टोयोटा विश्वको सर्वाधिकार विक्रेता कम्पनी बनेको छ । यस वर्षको पहिलो अर्धवार्षिक अवधिमा कम्पनीले विश्वभर ५४ लाख७० हजार थान सवारी साधन विक्री गरेको बिहीवार कम्पनीले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।  योसँगै वर्षको पहिलो अर्धवार्षिक अवधिमा टोयोटाले जर्मन अटो निर्माता फक्सवागन एजीलाई पछाडि पार्दै लगातार दोस्रो पटक सर्वाधिक विक्रेताबनेको हो । यसले कोरोनाभाइरसको महामारीको प्रभावबाट कम्पनीको तीव्र पुनःबहाली भएको र विश्वभर चिप अभावका कारण उत्पन्न समस्याबाट तुलनात्मक रुपमा कम्पनीमाथि रहेको देखाएको छ । सन् २०१९ को पहिलो अर्धवार्षिक अवधिमा टोयोटाले विश्व बजारमा ५३ लाख १० हजार थान सवारी साधन विक्री गरेको थियो । एजेन्सी

विश्वव्यापी अटो बिक्रीमा टोयोटा तेस्रो

२०१७ मा भएको विश्वव्यापी अटो बिक्रीमा टोयोटा तेस्रो स्थानमा कायम हुने भएको छ । जर्मनीको फक्सवागन एजी र निसान, मित्सुबिसी मोटर तथा फ्रान्सको रिनाउल्टको संयुक्त गठनबन्धनको बिक्रीपछि टोयोटा तेस्रो स्थानमा पर्ने भएको हो । यो नोभेम्बरसम्मको सुरु ११ महिनाको अवधिमा भएको बिक्री तथ्यांकमा आधारित छ ।