सर्वाधिक कार विक्रेता कम्पनी बन्यो टोयोटा

साउन १४, टोकियो (जापान) । जापानी अटो निर्माता कम्पनी टोयोटा विश्वको सर्वाधिकार विक्रेता कम्पनी बनेको छ । यस वर्षको पहिलो अर्धवार्षिक अवधिमा कम्पनीले विश्वभर ५४ लाख७० हजार थान सवारी साधन विक्री गरेको बिहीवार कम्पनीले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।  योसँगै वर्षको पहिलो अर्धवार्षिक अवधिमा टोयोटाले जर्मन अटो निर्माता फक्सवागन एजीलाई पछाडि पार्दै लगातार दोस्रो पटक सर्वाधिक विक्रेताबनेको हो । यसले कोरोनाभाइरसको महामारीको प्रभावबाट कम्पनीको तीव्र पुनःबहाली भएको र विश्वभर चिप अभावका कारण उत्पन्न समस्याबाट तुलनात्मक रुपमा कम्पनीमाथि रहेको देखाएको छ । सन् २०१९ को पहिलो अर्धवार्षिक अवधिमा टोयोटाले विश्व बजारमा ५३ लाख १० हजार थान सवारी साधन विक्री गरेको थियो । एजेन्सी

सम्बन्धित सामग्री

टोयोटाको विश्वव्यापी कार बिक्री दरमा कमी

टोयोटा कारको विश्वव्यापी विक्री दर जनवरीमा लगातार दोस्रो महिना पनि कम देखिएको छ । टोयोटा मोटर कर्पोरेसनले सोमबार आफ्नो जनवरीको विश्वव्यापी कार बिक्रीमा ५.६ प्रतिशतले कमी आएको जानकारी गराएको छ । जापानको आइची प्रिफेक्चरमा मुख्य कार्यालय रहेको कार कम्पनीले रिपोर्टिंग अवधिमा यसको बिक्री कूल सात लाख नौ हजार ८७०युनिट भएको बताएको छ । सेमीकन्डक्टरको अभावले …

‘पुटिनको दिमाग’ भनिने दुगिनकी छोरीको कार बम विस्फोटमा मृत्यु, युक्रेनमाथि आरोप

भ्लादिमिर पुटिनका सहयोगी एलेक्जेन्डर दुगिनकी छोरी मस्कोको बाहिरी भागमा कार बम विस्फोटमा मारिएकी छिन् । दर्या दुगिनाको टोयोटा ल्यान्ड क्रुजरमा शक्तिशाली बम विस्फोट भएको थियो ।  स्थानीय समय अनुसार राति ९:३० बजे राजधानी मस्कोबाट करिब २० किलोमिटर पश्चिमस्थित बोल्शिए व्याजेमी गाउँ नजिकै शक्तिशाली विस्फोट भएको अनुसन्धानकर्ताले बताएका छन् । विभिन्न रुसी टिप्पणीकारहरूले कुनै प्रमाण बिना आक्रमण युक्रेनले गराएको आरोप लगाएका छन् । यदि कार बम विष्फोटलाई युक्रेनमा जारी युद्धसँग जोडिएको पाइयो भने यो

टोयोटा ड्रिम कार आर्ट प्रतियोगिताको विजेता बनिन् निकिता

टोयोटा जापानद्वारा हरेक वर्ष आयोजना गरिने ‘टोयोटा ड्रिम कार आर्ट प्रतियोगिता’ अन्तरगत यस संस्करणको पुरस्कार बुटवलकी निकिता भट्टराईले जितेकी छन् । उनी समूह सी अन्तरगत उत्कृष्ट बन्न सफल भएकी हुन् । विश्वभरबाट करिब पाँच लाख तीस हजार प्रतिस्पर्धीहरुका चित्रमध्ये सबै समूहका गरी २४ वटा चित्र विजयी भएको कम्पनीले जनाएको छ ।  जसमध्ये निकिताको ‘आर्टिफिसियल इन्टिलिजेन्स बेस्ड कार’ उत्कृष्टता पर्न सफल भएको हो । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्सले व

टोयोटा र सुजुकीले नयाँ हाइब्रिड एसयूभी उत्पादन गर्ने

टोयोटा र सुजुकीले भारतको लागि नयाँ सुजुकी निर्मित एसयूभी विकास गर्ने घोषणा गरेका छन् । दुबै कार निर्माताहरूले विश्वव्यापी रूपमा सवारी साधनहरूको आपसी आपूर्तिलाई प्रवर्द्धन गरिरहेको र जापानीहरूले सुजुकीको रूपमा नयाँ मोडललाई भारतमा बजार गर्ने उद्देश्यले दुई कम्पनीहरूले अब नयाँ हाइब्रिड एसयूभी मोडेलको उत्पादन सुरु गर्नेछन्।

टोयोटा नेपालको अपग्रेड क्याम्प आजदेखि

नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) प्रालिले क्रिसमस तथा नयाँ वर्ष २०२२ को उपलक्ष्यमा फेस्टिभ अपग्रेड क्याम्प आयोजना गर्ने भएको छ ।कम्पनीले आज (बिहीबार) देखि १२ गतेसम्म ललितपुर बखुण्डोलस्थित ग्यालेक्सी अटोमोबाइल्समा चल्ने उक्त अपग्रेड क्याम्पमा ग्राहकले जुनसुकै मोडलका कार नयाँ टोयोटा कोरोला क्रस, राइज र अन्य टोयोटाका मोडलसँग साटन सक्नेछन् ।‘अपग्रेडका […]

चिप अभावका कारण टोयोटाले ४० प्रतिशत उत्पादनको काम रोक्दै

संसारको सबैभन्दा ठूलो कार उत्पादक टोयोटा मोटरले आफ्नो ४० प्रतिशत उत्पादन कटौती गर्ने भएको छ। चिप अभावका कारण कम्पनीले आगामी महिनादेखि उत्पादन घटाउन बाध्य भएको हो।

हुन्डाईको एमपीभी आउँदै, टोयोटा र मारुतिसँग प्रतिस्पर्धा

एजेन्सी। हुन्डाई कम्पनीले भारतमा आफ्नो पोर्टफोलियो विस्तारका क्रममा छिट्टै नयाँ कार ल्याउने भएको छ। कम्पनीले ७ सिट क्षमताको एमपीभी ल्याउन लागेको हो। यो क्रेटाको प्लेटफर्ममा आधारित छ।एमपीभीले टोयोटा र मारुतिसँग प्रतिस्पर्धा गर्ने बताइएको छ। बिक्रीको आधारमा भारतीय बजारमा ह्युन्डेई दोस्रो नम्बरमा छ भने मारुति पहिलो।

ओठमा चुरोट च्यापेर हातमा स्यानिटाइजर दल्दा विस्फोट भयो कार

अमेरिकाको मेरील्यान्डमा कारभित्र बसिरहेका एक व्यक्तिले ओठमा बलिरहेको चुरोट च्यापेर हातमा स्यानिटाइजर दल्दा विस्फोट भएर कार खरानी भएको छ ।    फेडरल प्लाजा शपिङ सेन्टरको पार्किङ लटमा बिहीवार अपराह्न कारमा बलिरहेको चुरोट र स्यानिटाजरको सम्पर्कले विस्फोट गराएको हो ।  चुरोटको झिल्कोले स्यानिटाइजरलाई टिपेपछि कार पड्केको मन्टगोमरी काउन्टी फायर यान्ड रेस्क्युले जनायो ।  कालो टोयोटा कारमा आगो लागेपछि अग्निनियन्त्रकहरूले त्यसलाई निभाएका थिए ।  तर कार क्षतिग्रस्त भएको छ र कारचालकको हात र तिघ्रा डढे...