दाङ : राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्टलाई कालो मोसो दलेको अभियोगमा पक्राउ परेका एक जना पुर्पक्षका लागि थुनामा गएका छन् ।पक्राउ परेका चार जनामध्ये तीन जना धरौटीमा रिहा भएका छन्। गत भदौ ११ गते अस्पतालका मेसु डा. विनोद सिंहलाई कार्यकक्षमै कालो मोसो दलेको अभियोगमा पक्राउ परेका दिलिप डाँगी पुर्पक्षका लागि थुनामा गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।उक्त प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका सर्जन परियार, गणेश खड्का र