काठमाडौँ : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का सांसद जगतबहादुर पार्कीले प्रतिपक्ष दलहरूको धर्म सरकारको विरोध मात्रै गर्नु हो भन्दै प्रश्न गरेका छन्।शुक्रवार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारले सिंगो मुलुकलाई सुशासन र समृद्धिको बाटोमा लैजाना खोज्दा पनि प्रतिपक्षले विरोध गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। सांसद पार्कीले सरकारले सत्ता र शक्तिको वरिपरि घुम्ने दलाललाई पनि पाखा लगाएको दाबी गरे। उनले भ्रष्टहरूलाई विदेश भाग्न बाध्य बनाउने काम पनि गरिरहेको भन्दै सरकारको बचाउ गरे