–कालिका खड्का/रासस काठमाडौँ, ४ भदौ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई अधिकांश सांसदको प्रश्न थियो, “न्याय प्रणाली किन ढिलो र महङ्गो भयो, आमजनताको पहुँचमा किन सहजरुपमा किन पुग्न सकेन ?” मुलुकको न्यायप्रणाली सबै नागरिकका लागि सहज र सर्वसुलभ हुन नसकिरहेका बेला आज प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइको मौका छोपेर विधायकले यो प्रश्न गरे […]