संखुवासभा – असारलाई मानो खाएर मुरी उब्जाउने समय भनिन्छ । किसानलाई मंसिरमा भकारी भर्न असारमा कडा मेहनत गर्नैपर्छ । चुँहुँदो झरीमा घुम ओडेरै पनि रोपाई गर्नुपर्छ । अझ, रोपाइँ गर्नका लागि खेतलाई ठिक्क पार्न कम्ती सास्ती कहाँ हुन्न र ?
असारमा गरिने परिश्रमले बाँकी महिनाभरि खान्कीको गर्जो टार्न...