पोखरा चिनाउने खाद्यान्न हो, ‘जेठोबुढो’ । पोखराको जेठोबुढो धान भनेपछि अन्य धानसँग तुलनै हुन्थेन । अहिले जेठोबुढोको बीउसमेत भेटाउन मुस्किल छ । यताकता भएको जेठोबुढोको पनि न स्वाद छ न बास्ना नै । खेतका फाँटबाट जेठोबुढो हराउँदै जाँदा धानको बाला लाग्न थालेपछि मगमग आउने बास्ना पनि हराएको छ ।