कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-१२ का वनहरा-दोदा नदीको बाढीबाट बर्सेनि प्रभावित हुँदै आएका परिवार सङ्गठित भइ मत माग्नका लागि घरदैलोमा पुग्ने उम्मेदवारलाई कबुलियतनामा गराउन थालेका छन्।
बाढी प्रभावित परिवारले वनहरा-दोदा नदी बाढीपीडित सङ्घर्ष समिति गठन गरी नदी नियन्त्रणका लागि कार्य गर्न प्रतिबद्धता जनाउन उम्मेदवारका लागि आठ बुँदे कबुलियतनामा तयार गरेका छन्।…