मधेश प्रदेश सरकारले चालू आव २०७९/८० को पुस मसान्तसम्ममा कुल विनियोजित बजेटको ८ प्रतिशत मात्र खर्च गर्न सकेको छ । मधेश प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख राधेश्याम गिरीका अनुसार मधेश प्रदेश सरकारले छ महिनामा चालू तथा पुँजीगत खर्च गरेर तीन अर्ब ६६ करोड ९५ लाख रुपियाँ खर्च भएको छ ।