संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । समितिको शुक्रबार बसेको प्रारम्भिक बैठकले प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा सार्वजनिक सूचना प्रकाशन गरिएको हो ।उजुरीका लागि वैशाख १२ गतेसम्मको समय दिइएको छ । प्रस्तावित राजदूत उक्त पदमा किन नियुक्त हुन योग्य छैन भन्ने आधार र कारणसहित सरोकारवालाले उजुरी दिन सक्नेछन् । उजुरीकर्ताले समिति सचिवालयमा इमेल तथा स्वयं उपस्थित भएर सूचना दिन सक्नेछन् । साथै, ७७ जिल्ला प्रशासन कार्याल