देउवाको गृहजिल्ला पुगेर रविले भने- भ्रष्टाचारको फाइल खोलेजस्तो गरेर बन्द गर्ने षडयन्त्र ०८४ पछि टिक्दैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला दलहरु सत्ता जोगाउनमा केन्द्रित भएको टिप्पणी गरेका छन् । डडेल्धुरा सदरमुकाममा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ राजनीतिक दल आएपछि पूरा राजनीतिक दल सुध्रिएलान् भन्ने अपेक्षा गरेपनि नभएको बताए । ‘सत्ता जोगाउने खेलमा ठुला राजनीतिक दलहरु लागेका छन् । उनीहरुलाई खतराको घण्टी लागेको छैन। यो […]

सम्बन्धित सामग्री

सरुवा रोग अस्पताल सार्ने ‘षडयन्त्र’ रोक्न ज्ञापन पत्र

कालिकोट जिल्लामा दुई वर्षदेखि सेवा दिँदै आएको सरुवा रोग अस्पताल अन्यत्र जिल्लामा सार्ने षडयन्त्र रोक्न र उचित बजेट व्यवस्थापन गर्न कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयलाई ज्ञापनपत्र पेस गरिएको छ।...

शान्ति सम्झौता बिथोल्ने षडयन्त्र भइरहेको छ : मन्त्री रेखा शर्मा

२३ फागुन, काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विस्तृत शान्ति सम्झौता विथोल्न विभिन्न खालका षडयन्त्र भइरहेको बताएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरेर मुद्दा चलाउन गरिएको माग त्यही षडयन्त्र अनुसार भएको उनको आशंका छ । धादिङको गल्छीमा मंगलबार आयोजित सामुदायिक रेडियोको प्रतिनिधिहरुको सम्मेलनलाई सम्बोधन गर्दै उनले […]

‘प्रभु साहले षडयन्त्र गरे’ : ओली (भिडिओसहित)

काठमाडौं, २५ असोज । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका स्थायी कमिटी सदस्य प्रभु साहले षड्यन्त्र गरेको टिप्पणी गरेका छन् । उनले पार्टीका स्थायी समिति सदस्य साहले एमालेलाई सिंगो जिल्ला खाली गराउने षडयन्त्र गरेको आरोप पनि लगाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि […]

आफूलाई हत्या गर्ने षडयन्त्र भएकाे पाकिस्तानका पूर्वप्रधानमन्त्री खानकाे दावी

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई हत्या गर्ने षडयन्त्र भइरहेको दावी गर्नुभएको छ । पूर्वप्रधानमन्त्री नवाज सरिफकी छोरी मरियम नवाजले आफूविरुद्ध साम्प्रदायिकता र धार्मिक घृणाको प्रचार गरेको र धार्मिक कट्टरपन्थी मार्फत हत्या गर्ने षड्यन्त्र रचेको आरोप उहाँले लगाउनुभएको हो । केही दिनअघि एक र्यालीमा सहभागी हुनुभएका खानले आफ्नो हत्याको षडयन्त्र भएको बताउनुभएको थियो ।

‘राष्ट्रपतिको कदम संविधान असफल बनाउने षडयन्त्र’

काठमाडौँ । संवैधानिक कानुनका जानकार गेजा शर्मा वाग्लेले नागरिकता विधेयक दोस्रो पटक पनि प्रमाणीकरण नगरेर राष्ट्रपतिले असंवैधानिक काम गरेको टिप्पणी गरेका छन् । राष्ट्रपतिको कदमलाई उनले संविधान नै असफल बनाउने षडयन्त्र भएको पनि बताएका छन् । आज ट्विट गर्दै वाग्लेले भनेका छन्, ‘सार्वभौम संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)ले पारित गरेको नागरिकता विधेयक दोस्रो पटक पनि प्रमाणीकरण […]

संसद विघटनमा देशी विदेशी शक्तिहरुबाटै ठुलो षडयन्त्र भयो : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनलाई समाप्त पार्न देशी विदेशी शक्तिहरुले षडयन्त्र गर्दै आएको बताएका छन् । सुदूरपश्चिम प्रदेशको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ठूलो षडयन्त्र अन्तर्गत संसद विघटन भएको समेत बताए ।‘विदेशी शक्ति जोडिए, न्यायालय पनि जोडियो । प्रतिक्रियावादी जोडिए । एउटा ठूलो सेटिङ थियो । यसको उद्देश्य माओवादी नेतृत्वलाई नेस्तानाभूत गर्ने एउटा डिजाइन गर्नका लागि गरिएको षडयन्त्र थियो’, प्रचण्डको भन

ममाथि नियोजित ढंगले षडयन्त्र भयो : पल शाह

नाबालिगमाथि यौन शोषण गरेको जाहेरी परेपछि पल शाहलाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको उजुरी परेको छ । प्रहरीले खोजिरहेका शाहले सामाजिक सञ्जालमार्फत आफ्नो बचाउ गर्ने प्रयास गरेका छन् ।उनले आफूमाथि नियोजित षडयन्त्र भएको भन्दै दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंमाथि षडयन्त्र गरेको आरोप लगाएका हुन् । उनले लेखेका छन्, ‘ म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जाँदैछु। सायद अहिले सम्म मलाई हजुरहरू सबैले आफ्नो मन देखी निकाली

अधिकार खोस्ने षडयन्त्र भयो भने शक्तिशाली आन्दोलन हुन्छ : प्रचण्ड

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसी जनताको हक अधिकारविरुद्ध अब कुनै पनि षडयन्त्र भए आउने दिनमा अझ शक्तिशाली आन्दोलन हुने चेतावनी दिएका छन् । २७ औँ जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेश सरकार र मधेसी सहिद प्रतिष्ठानले आइतबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संघीय सरकारले पनि मधेसको अनुशरण गर्नुपर्ने […] The post अधिकार खोस्ने षडयन्त्र भयो भने शक्तिशाली आन्दोलन हुन्छ : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रधानमन्त्री ओलीमाथि भयानक षडयन्त्र भैरहेको रहेछ : गोकुल बाँस्कोटा

पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भयानक षडयन्त्र भैरहेको बताएका छन् । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले नाथुराम गोड्से बन्न कोही तयार नभए आफैँ गोड्से बन्न तयार रहेको अभिव्यक्ति प्रदेशसभा बैठकमा दिएपछि पूर्वमन्त्री बास्कोटाले सो टिप्पणी गरेका हुन् ।नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका बाँस्कोटाले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन्ः ‘केपी ओली नमारे काँग्रेस नजित्ने रहेछ, प्रधानमन्त्री माथि कुनै भयानक षडयन्त्र हुँदै रहेछ । नत्र प्रदेश सांसद त