काठमाडौं, भदौ १६ । न्यायपरिषद् बैठकले बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्तीका लागि सिफारिस गरेको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा मंगलबार बसेको न्यायपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। न्यायपरिषद्को सिफारिसमा न्यायपरिषद्का अध्यक्षले न्यायाधीशलाई बर्खास्त गर्न सक्छन्। न्यायपरिषद्को अध्यक्ष प्रधानन्यायाधीश हुने संवैधानिक व्यवस्था छ। न्यायपरिषद् प्रवक्ता मानबहादुर कार्कीका अनुसार न्यायाधीश अधिकारीको कार्यक्षमतामा प्रश्न उठाउँदै […]