नेपाली काँग्रेसको प्रथम प्रदेश १ अधिवेशन विराटनगरमा आयोजना गरिने भएको छ । संघीयता कार्यान्वयनमा आएपछि पहिलो पटक प्रादेशिक समिति गठनको तयारीस्वरुप काँग्रेसले नयाँ नेतृत्व चुन्नलाई मङ्सिर १६ गते प्रदेश अधिवेशन हुँदैछ । बुधबार बसेको आयोजक समितिको बैठकले काङ्ग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत अधिवेशनको उद्घाटन सत्र विराटनगर–२ शङ्करपुरमा रहेको खाली मैदानमा हुने छ । काँग्रेस प्रथम प्रदेश अधिवेशन प्रचार समिति संयोजक तथा काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले आज पत्रकार सम्मेलन गर्दै अधिवेशन