प्रदेश १ मा दोस्रो प्रदेश सभाको प्रथम अधिवेशन आजदेखी सुरु हुँदैछ। ११ पुसमा नवनिर्वाचित सांसदहरुको शपथग्रहण सम्पन्न भएपछि आज आइतवार दिउँसो १ बजे दोस्रो प्रदेश सभाको प्रथम अधिवेशन सुरु हुन...
१२ पुस, विराटनगर । प्रदेश १ को पहिलो अधिवेशन १७ पुसका लागि बोलाइएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले १७ पुसको दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । ४ मंसिरको निर्वाचनबाट निर्वाचित प्रदेशसभा सदस्यहरुले सोमबार पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए । नयाँ सांसदको सपथ ग्रहणपछि प्रदेश १ सरकारले सोमबार नै […]
विराटनगर । प्रदेश १ को बजेट अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले जेठ १६ का लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । प्रदेश मन्त्रिपरिषद्को जेठ ९ गते बसेको बैठकले प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । प्रदेश १ को प्रदेशसभा जेठ १६ गते विहान ११ बजे बस्नेछ ।
१३ चैत, विराटनगर । प्रदेशसभालाई विजनेश दिन नसकेका कारण आलोचना खेप्दै आएको प्रदेश १ सरकारले चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश १ मन्त्रीपरिषद् बैठकले राति १२ बजेदेखस अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । चालु हिउँदे तथा नवौं अधिवेशन राति १२ बजेदेखि अन्त्य गर्ने निर्णय भएको प्रदेश १ का […]
प्रदेश १ को बजेट अधिवेशन अन्त्य गर्ने निर्णय भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चालु बजेट अधिवेशन साउन ३२ गते राती १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।...
३२ साउन, विराटनगर । प्रदेश १ सरकारले संसदको चालू अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख सोमथान अधिकारी समक्ष सिफारिस गरेको हो । प्रदेश सरकारले सोमबार राति १२ बजेबाट अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले […]
प्रदेश १ को आठौं तथा वर्षे अधिवेशन (बजेट अधिवेशन) सुरु भएको छ । आजको बैठकमा प्रदेश प्रमुखबाट अधिवेशन आह्वान सम्बन्धी पत्र सभामुखले पढेर सुनाएसँगै दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि आर्थिक ऐनसम्बन्धी अध्यादेशका साथै प्रदेशसभा नियमावली सम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । यो अधिवेशनबाट प्रदेश सरकारले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर आर्थिक वर्ष ०७८–०७९को बजेट ३३ अर्बको हाराहारीमा ल्याउने तयारी गरेको छ।
काठमाण्डाै - प्रदेश-१ को आठौं तथा बजेट अधिवेशन आउँदो सोमवारका लागि आह्वान भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले जेठ २४ गते सोमवार दिउँसो २ बजेका लागि संसद अधिवेशन आह्वान गर्नुभएको हो । प्रदेश सरकार मन्त्रिपरिषद्को हिजो बैठकले गरेको अधिवेशन आह्वानको सिफारिस अनुसार प्रदेश प्रमुखले बजेट अधिवेशन आह्वान गर्नुभएको हो ।
प्रदेश-१ सरकार अध्यादेशमार्फत ऐन संशोधन गरेर बजेट आउनुभन्दा १५ दिन अगावै पूर्वबजेट छलफल गर्नुपर्ने व्यवस्थालाई अवधि घटाएर ५ दिन अगावै बनाइएको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला ...
माेरङ - प्रदेश-१ को वर्षे अधिवेशन यही जेठ २४ गते दिउँसो बस्ने भएको छ । विराटनगरमा रहेको प्रदेश-१ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउने निर्णय गरेको हो ।
प्रदेशसभा भवनमा आउँदो २४ गते दिउँसो २ बजे अधिवेशन आह्वान गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक आह्वानका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’समक्ष सिफारिस गरिने छ।
अधिवेशनमा प्रि-बजेटमाथि छलफल हुने...
काठमाडौं। प्रदेश १ को प्रदेशसभाको सातौ अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आजराति १२ बजेदेखि लागू हुनेगरी सभाको सातौं अधिवेशन अन्त्य गरेका हुन्।
५ वैशाख, विराटनगर । प्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको सातौं अधिवेशन अन्त्य गरेका हुन् । प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाइएको थियो । यो अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव प्रदेशसभा बैठकमा पेश भए पनि […]