धनगढी – स्त्री रोग विशेषज्ञ नहुँदा महिला तथा त्यसैमा पनि गर्भवती महिलालाई उपचारमा समस्या भइरहेको बाजुरामा अब स्त्रीरोग विशेषज्ञ डाक्टर जाने भएका छन्। स्वास्थ्य सेवाका हिसाबले पछि रहेको बाजुरा जिल्लामा विशेषज्ञ डाक्टर नहुँदा उपचारमा निकै समस्या हुने गरेको छ। जिल्ला अस्पताल बाजुरामा उपचारका लागि आउने महिलाहरुलाई स्त्रीरोग विशेषज्ञ नहुँदा धेरै रोग लुकाउनु पर्ने अवस्था छ। […]