बागलुङ बजारको रामरेखा निवासी चित्रकुमारी रोकाले छ महिना देखि ‘लेडिज टेलरिङ’ नामक कपडा सिलाउने पसल सञ्चालनमा ल्याएकी छिन् । उनले आफ्नै कपडा पसल सञ्चालन गर्ने सोचसमेत बनाएकी थिइनन् । तर बागलुङमा रहेको धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्रले प्रदान गरेको चार महिने सीपमूलक तालिमपछि उनले आफ्नै खुट्टामा उभिन सफल भइन् । रोका मात्रै हैन बागलुङ नगरपालिका–८ सिगाना निवासी पूजा परियारले बागलुङ एफएम चोकमा आफ्नै कपडा सिलाई कटाइ पसलको स्थापना गरेकी छिन् । रोका र पूजा त एक उदाहरणीय पात्र