अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको बजेटसम्बन्धी अध्यादेश पेश गरेका छन् । अर्थमन्त्री शर्माले एमाले सांसदहरूको अवरोधकै रोस्टममा पुगेर बजेट सम्बन्धी तीन वटा अध्यादेश पेश गरेका हुन् । त्यसअघि सांसद प्रेम सुवालले बजेट अध्यादेश फिर्ता गरियोस् भन्ने प्रस्ताव गरेका थिए ।