चीनमा चिकित्सा शिक्षा पढेका सन् २०१६ ब्याचका विद्यार्थीले नेपालमा इन्टर्नसिप गर्न पाउने

काठमाडौँ । चीनमा चिकित्सा शिक्षा अध्ययन गरेका सन् २०१६ ब्याचका विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउने भएका छन् । कोभिड–१९ महामारीका कारण स्वदेश फर्किएका तर थप अध्ययनका लागि चीन जान नपाएका ती विद्यार्थीले नेपालमै २ वर्ष इन्टर्नसिप गर्न पाउने भएका हुन् । त्यसका लागि नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षा आयोगसँगको सहमतिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ ।काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले सन् २०१५ मा चाइनिज मिडियम र सन् २०१६ मा अ

सम्बन्धित सामग्री

इन्टर्नसिप आवेदन आह्वान

सरकारले कोरोना महामारी कारण विदेशमा चिकित्सा शिक्षा अध्ययन गरी इन्टर्नसिप पूरा नगरेका विद्यार्थीलाई आवेदन दिन आह्वान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै चिकित्सा शिक्षा अध्ययनरत सन् २०१५ ब्याचका विद्यार्थीलाई इन्टर्न सिपका लागि प्रक्रिया अगाडि बढाउन आग्रह गरेको हो । सैद्धान्तिक अध्ययन पूरा गरेका विद्यार्थीले प्रयोगात्मक अभ्यास पूरा गर्न दिन सक्नेछन्  । जारी सूचनामा असोज २२ गतेसम्म विद्यार्थीलाई आवेदन दिन आग्रह गरिएको छ । लामो समयदेखि विदेशमा चि

चिकित्सा शिक्षा आयोगमा चीनमा अध्ययनरत विद्यार्थीको धर्ना

नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग राख्दै चीनबाट फर्केका एमबिबिएस अध्ययनरत विद्यार्थीले चिकित्सा शिक्षा आयोग सानोठिमीमा धर्ना दिएका छन्।

चीनबाट एमबीबीएस सकेकालाई नेपालमै इन्टर्नसिप गराउन माग

काठमाडौं। फेडरेसन् अफ नेपलीज मेडिकल स्टुडेन्टले चीनबाट एमबीबीएस सक्काएका २०१४ ब्याचका विद्यार्थीलाई नेपालमा नै इन्टर्नसिप गर्ने वातावरण मिलाउन चिकित्सा शिक्षा आयोग समक्ष माग गरेको छ। “चीनबाट एमबीबीएस सक्काएका २०१४ ब्याचका विद्यार्थीहरु विगत १.५ वर्षदेखि इन्टर्नसिप गर्न नपाएर अन्योलमा बस्नु परेकाले उनीहरुको इन्टर्नसिप नेपालमा नै पूरा गर्न मिल्ने वातावरण बनाइदिनुहुन आग्रह गर्दछौं,” विद्यार्थीले आयोगलाई आज बुझाएको पत्रमा उल्लेख छ।