एक सातापछि १४औं महाधिवेशनको तयारीमा जुटेको कांग्रेसमा भावी नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ। जिल्ला अधिवेशनदेखि नै संस्थापन शेरबहादुर देउवा र संस्थापन इतर पक्षले प्यानल बनाएर प्रतिस्पर्धा गरेका छन्। ६१ जिल्लाको अधिवेशन सम्पन्न हुँदा संस्थापन पक्ष बलियो देखिएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष पनि सशक्त रूपमा आएको छ। १६ जिल्ला अधिवेशन महाधिवेशनपछि गर्ने निर्णय कांग्रेसले गरेको छ। कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ। पार्टी सभापति देउवा र वरिष्ठ नेता पौ