नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमाले प्रवेश गर्नुभएको चार नेताले पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार माओवादी केन्द्रले सांसदबाट हटाएका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंखरले पुनर्वहालीको माग गर्दै सर्वोच्चमा रिट दिनुभएको हो ।