काठमाडौं । सोलुखुम्बुको प्रदेश सभा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका बुद्धिकुमार राजभण्डारी दोस्रोपटक निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनमा माओवादी उम्मेदवार शिवबहादुर बस्नेतलाई पराजित गरेका हुन् । राजभण्डारीले १०१२८ मत प्राप्त गर्दै विजयी हुँदा माओवादीका बस्नेत ६८१५ मतमा रोकिएका छन् ।