एकमात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुको प्रदेशसभालाई २ मा एमालेका उम्मेदवार बुद्धिकुमार राजभण्डारी विजयी भएका छन् । उनले १० हजार एक सय २८ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का शिवबहादुर बस्नेतले छ हजार आठसय १५ मत प्राप्त गरेका छन् ।एमालेका राजभण्डारीले उनका निकटतम् प्रतिद्वन्द्वी बस्नेतलाई तीन हजार तीन सय १३ मतले पछि पारेका हुन् । कूल १९ हजार नौ सय चार मत खसेको यस प्रदेशसभा एमालेका राजभण्डारी दोस्रो पटक निर्वाचित भएका हुन्