अभिनेता राजेश हमालले अमेरिकी अनुदान सम्झौता एमसीसीबारे नेपालीहरुको असन्तुष्टि र भावनालाई स्पष्ट पार्न नेपाल एवं अमेरिकी सरकारलार्ई आग्रह गरेका छन्। मध्यरात २ बजे भिडिओ सन्देश जारी गर्दै हमालले नेपाली नागरिकलाई एमसीसीबारे विश्वास दिलाउन र असन्तुष्टिलाई साम्य पार्न अमेरिकाको भूमिका जरुरी रहेको बताएका हुन्। नेपाली जनताको चाहना र भावनाविपरित गरिने क्रियाकलाप सौहार्दपूर्ण नहुने, यसले दूरगामी असर पार्न सक्ने उनको भनाई छ।