रुसविरुद्ध लगाइएको प्रतिबन्ध पश्चिमा मुलुकका लागि पनि घातक हुने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । मस्को सबै समस्या समाधान गर्न सक्षम रहेको र बलियो रुपमा उदाउने पुटिनको भनाइ छ । युक्रेनमा रुसले भन्दै आएको सैन्य अपरेशनको विकल्प नभएको पुटिनको भनाइ छ । उनले रुस अल्पकालिन आर्थिक लाभका लागि आफ्नो सम्प्रभुतासँग सम्झौता गर्ने खालको मुलुक नभएको बताएका छन् ।‘यी प्रतिबन्धहरु कुनै पनि किसिमबाट लगाउन सकिने थियो,’ पुटिनले बिहीबार भएको रुसी सरकारको बैठकमा भने, ‘केही सव