काठमाण्डाै – काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न ठाउँबाट हराएका ३० थान मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।
कार्यालय प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले ट्राफिक कार्यालयमा आज बिहीोार आयोजित एक कार्यक्रमका बीच मोटरसाइकल हस्तान्तरण गर्नुभएको हो । उहाँले हराएका मोटरसाइकल खोजी र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको तर स्वयम् सवारीधनी पनि विशेष चनाखो र सजक हुनुपर्ने बताउनुभयाे । सवारी चालक थप जिम्मेवार बनी सुरक्षित ठाउँमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उप...