टीकापुर महोत्सवमा टिकट बिक्रीबाट २२ लाख आम्दानी

काठमाडौँ,११ माघ । कैलालीमा माघ ४ गतेदेखि सुरु भएको टीकापुर महोत्सवको पाँच दिनमा ४५ हजार जनाले अवलोकन गरेका छन् । महोत्सव प्रवेशका लागि टिकटबाट रु २२ लाख आम्दानी भएको छ । आयोजक टीकापुर उद्योग वाणिज्य सङ्घले रु तीन सयका दरले करिब एक हजार एक सय सिजनल टिकट बिक्री गरेको वाणिज्य सङ्घका उपाध्यक्ष तथा आर्थिक समितिका […]

सम्बन्धित सामग्री

फागुन मसान्तमा लक्ष्मी इक्वीटी फण्ड १४ करोड २२ लाख नोक्सानीमा

काठमाडौं । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित लक्ष्मी इक्वीटी फण्डले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्ड फागुन मसान्तसम्ममा रू. १४ करोड २२ लाख नोक्सानीमा छ । माघ मसान्तमा फण्ड रू. १४ करोड ५९ लाख नोक्सानीमा थियो । फागुनमा फण्डको जम्मा आम्दानी रू. १२ करोड ७५ लाख ऋणात्मक रहेकाले नोक्सानीमा रहेको हो ।  फण्डको न्याभ भने माघको तुलनामा फागुनमा वृद्धि भएको छ । माघ मसान्तमा फण्डको न्याभ १० रुपैयाँ २२ पैसा रहेकोमा फागुन मसान्तमा बढेर १० रुपैयाँ २५ पैसा पुगेको हो ।  फागुन मसान्तसम्ममा फण्डले सूचीकृत शेयर, सार्वजनिक निष्कासन र ऋणपत्रमा कुल रू. ९५ करोड ५५ लाख लगानी गरेको छ । यो लगानी माघ मसान्तमा भने रू. ९४ करोड ४९ लाख थियो । फागुन मसान्तसम्ममा फण्डको मुद्दति निक्षेपमा रू. २२ करोड छ ।  रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

फागुन मसान्तमा लक्ष्मी इक्वीटी फण्ड १४ करोड २२ लाख नोक्सानीमा

काठमाडौं । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित लक्ष्मी इक्वीटी फण्डले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्ड फागुन मसान्तसम्ममा रू. १४ करोड २२ लाख नोक्सानीमा छ । माघ मसान्तमा फण्ड रू. १४ करोड ५९ लाख नोक्सानीमा थियो । फागुनमा फण्डको जम्मा आम्दानी रू. १२ करोड ७५ लाख ऋणात्मक रहेकाले नोक्सानीमा रहेको हो ।  फण्डको न्याभ भने माघको तुलनामा फागुनमा वृद्धि भएको छ । माघ मसान्तमा फण्डको न्याभ १० रुपैयाँ २२ पैसा रहेकोमा फागुन मसान्तमा बढेर १० रुपैयाँ २५ पैसा पुगेको हो ।  फागुन मसान्तसम्ममा फण्डले सूचीकृत शेयर, सार्वजनिक निष्कासन र ऋणपत्रमा कुल रू. ९५ करोड ५५ लाख लगानी गरेको छ । यो लगानी माघ मसान्तमा भने रू. ९४ करोड ४९ लाख थियो । फागुन मसान्तसम्ममा फण्डको मुद्दति निक्षेपमा रू. २२ करोड छ ।  रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

पहिलो त्रैमासमा नेपाल रिपब्लिक मिडिया रू. १ करोड २२ लाख नोक्सानीमा

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी चालू आवको पहिलो त्रैमासमा रू. १ करोड २२ लाख नोक्सानीमा छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनी रू. १ करोड ३३ लाख नाफामा थियो । चालू आवमा कम्पनीको आम्दानी घटेसँगै नोक्सानीमा गएको हो । गत आवमा कम्पनीले रू. ७ करोड ४१ लाख आम्दानी गरेकोमा चालू आवमा घटेर रू. ४ करोड २५ लाखमा झरेको छ ।  कम्पनीको चुक्ता पूँजी रू. ९६ करोड ७५ लाख छ । चालू आवमा कम्पनीको रिटेन्ड अर्निङ रू. ५२ करोड २० लाख ऋणात्मक छ । कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी १ रुपैयाँ २७ पैसा ऋणात्मक छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ ८७ रुपैयाँ १२ पैसा र चालू अनुपात ४ दशलमव १७ गुणा छ ।

नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढ्यो

नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यो चालु आर्थिक वर्षको पहिलो त्रैमासको तथ्याङ्क हो । गत वर्ष यस अवधिमा नबिलले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । बैंकको खुद ब्याज आम्दानी ६४.०५ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले २ अर्ब २४ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ४०.३८ प्रतिशतले बढेर २ अर्ब २३ करोड रुपैयाँ पुगेको

पोखरा स्पोर्टस् अवार्डबाट २२ लाख आम्दानी

छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ बाट २२ लाख रुपैयाँ आम्दानी भएको छ । गत असार १८ गते पोखरामा सम्पन्न भएको उक्त अवार्डबाट २२ लाख ९ हजार आम्दानी भएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले मंगलबार पोखरा रंगशालामा आयोजना गरेको आयव्यय सार्वजनिक कार्यक्रममा जानकारी दिइयो ।उक्त अवार्ड सम्पन्न गर्न १८ लाख ३४ हजार २ सय […]

लुम्बिनीको दानपात्रमा देखियो कोरोना असर

बुद्ध जन्मस्थल लुम्बिनीको मायादेबी परिषरमा रहेको दानपात्रबाट लुम्बिनी बिकास कोषले २२ लाख रुपैयाँ बढी आम्दानी गरेको छ। लुम्बिनी स्थित मायादेवि मन्दिरमा गत ३ महिनाको अवधिमा दानपात्रबाट बाइस लाख ९७ हजार...

उपकार लघुवित्तको आईपीओमा २२ लाख ३८ हजारको आवेदन, ११५ गुणा बढी शेयर माग

चैत २९, काठमाडौं । चैत २५ गतेदेखि सार्वजनिक निष्कासनमा आएको उपकार लघुवित्तको आईपीओमा मंगलवारसम्म मागभन्दा ११४ दशमलव ९० गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङले दिएको जानकारी अनुसार मंगलवार साँझ ५ बजेर ५ मिनेटसम्म २२ लाख ३८ हजार ७५७ जनाले २ अर्ब ५४ करोड ९ लाख ४४ हजार रुपैयाँ बराबरको २ करोड ५४ लाख ९ हजार ४४० कित्ताको लागि आवेदन दिएका हुन् । कम्पनीले जारी पूँजी रू. ६ करोड ५६ लाख २५ हजारको ३६ प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित दरको रू. २ करोड ३६ लाख २५ हजार बराबरको २ लाख ३६ हजार २५० कित्ता साधारण शेयर निष्कासन गरेको हो । सर्वसाधारणका लागि निष्कासन गरिने कुल कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता शेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । यी बाहेक बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आएको हो । यो आईपीओमा मागभन्दा बढी आवेदन परिसकेकाले चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ । विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयरको वेबसाइट र एपबाट पनि आईपीओ खरीदको लागि आवेदन दिन सकिनेछ । आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक विवरण अनुसार कम्पनीको सञ्चित नाफा रू. ५ करोड ९२ लाखभन्दा बढी रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १४० र प्रतिशेयर नेटवर्थ रू. ४०३ दशमलव ९१ रहेको छ ।

३५६ प्रतिशतले बढ्यो सिडिएससिको आम्दानी, नाफामा पनि उछाल

आर्थिक वर्ष ७७/७८ मा सिडिएससिको आम्दानी ३५६ प्रतिशतले बढेको छ । कम्पनीले आ.व.२०७६/७७ मा रु. २० करोड ७१ लाख ८३ हजार आम्दानी कूल आम्दानी गरेकोमा आ.व.२०७७/७८ मा कम्पनीको आम्दानी ३५६ प्रतिशतले बढेर रु.९४ करोड ४१ लाख २३ हजार भएको छ ।  सिडिएससिले आ.व.२०७६/७७ मा खुद नाफा रु.७ करोड ८० लाख ८६ हजार आर्जन गरेकोमा आ.व. २०७७/७८ मा रु. ५० करोड ३६ लाख ४९ हजार खुद नाफा आर्जन गरेको छ । त्यसैगरी सिडिएससिको आ.व. २०७६/७७ मा ९ करोड ४ लाख ५ हजार खर्च भएकोमा सो रकम २६ प्रतिशतले बढेर रु. ११ करोड ३६ लाख ६० हजार खर्च भएको छ ।सिडिएससिले आयकर बापत आ.व. २०७६/७७ मा रु.३ करोड ५१ लाख २६ हजार भुक्तानी गरेकोमा आ.व. २०७७/७८ मा रु. २५ करोड ५६ हजार भुक्तानी गरेको छ । सिडिएससिले गत आर्थिक वर्षको तुलनामा आ.व.२०७७/७८ मा ६१२ प्रतिशत बढी आयकर भुक्तानी गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग, आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरबाट आर्थिक वर्ष २०७६/७७ मा कार्यालयको कार्यक्षेत्र अन्तर्गत दर्ता रहेका करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्नेमा सिडिएस एण्ड क्लियरिङ्ग लि. लाई आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरबाटु दशौं राष्ट्रिय कर दिवस २०७८ को अवसर सम्मान पनि गरेको थियो ।आ.व.२०७६/७७ मा कम्पनीको जगेडा कोषमा रु. १३ करोड २२ लाख ९० हजार रहेकोमा आ.व.२०७७/७८ मा रु.६७ करोड २२ लाख ६९ हजार रहेको छ । त्यसैगरी सिडिएससिको प्रति शेयर आम्दानी आ.व. २०७६/७७ मा रु. २६.०३ रहेकोमा आ.व. २०७७/७८ मा सिडिएससिको सेवा थप विस्तारबाट अम्दानीमा भएको वृद्धिले सिडिएससिको प्रति शेयर आम्दानी बढेर रु. १९१.२२ पुगेको छ ।सिडिएससिले आ.व.२०७६/७७ मा शेयरधनीलाई १५ प्रतिशतका दरले ४ करोड ५० लाख रुपैयाँ नगद लाभांश वितरण गरेकोमा आ.व.२०७७/७८ मा 80 प्रतिशतले हुने रु. १२ करोड नगद लाभांश वितरण गरेको छ।आर्थिक वर्ष ७७/७८ मा शेयरबजार नयाँ उचाईमा पुग्दा त्यसको समग्र लाभ सिडीएसलाई पनि भएको हो ।

एनआईबिएल समृद्धि फण्ड - १ ले कमायो रू. १ करोड २२ लाख नाफा

पुस १३, काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फण्ड - १ ले मंसिर मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण मंगलवार सार्वजनिक गरेको छ ।  उक्त विवरण अनुसार फण्डले मंसिर मसान्तसम्ममा रू. १ करोड २२ लाख १६ हजार नाफा कमाएको हो । यो नाफा कात्तिक मसान्तसम्मको तुलनामा २२ प्रतिशत घटेको हो । फण्डले कात्तिक मसान्तसम्ममा रू. १ करोड ५८ लाख १४ हजार नाफा कमाएको थियो ।  मंसिर महीनामा फण्डको आम्दानी घटेसँगै नाफा घटेको हो । फण्डले कात्तिक मसान्तसम्ममा रू. २ करोड ४४ लाख ३६ हजार आम्दानी गरेकोमा मंसिर मसान्तसम्ममा रू. २ करोड २८ लाख ९१ हजारमा झरेको हो ।  त्यसैगरी, फण्डको सूचीकृत शेयरमा लगानी पनि घटेको छ । कात्तिक मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. १० करोड २८ लाख ४३ हजार लगानी गरेकोमा मंसिर मसान्तसम्ममा घटेर रू. २ करोड ७३ लाख ७२ हजारमा झरेको हो ।  मंसिर महीनामा फण्डले लगानी गरेका कम्पनीहरुको शेयरमूल्य घटेसँगै समग्र सूचीकृत शेयरमा लगानी घटेको हो । त्यसैगरी कात्तिक मसान्तसम्ममा फण्डको एनएभी रू. १२ दशमलव ६६ रहेकोमा मंसिर मसान्तमा रू. १२ दशमलव ६२ कायम भएको छ ।

यातायात व्यवस्था कार्यालय भरतपुरको ९ महीनाको आम्दानी ५० करोड ६० लाख

वैशाख ७, चितवन । चालू आर्थिक वर्ष ०७७/७८ को ९ महीनामा यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले ५० करोड ६० लाखभन्दा बढी आम्दानी गरेको छ ।  कार्यालयका अनुसार साउनदेखि चैत्रसम्मको अवधिमा  कार्यालयले कुल ५० करोड ६० लाख ६६ हजार १०२ रुपैयाँ आम्दानी गरेको हो । कार्यालयले यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड जरिवाना, सवारीसाधन कर, सवारी दस्तुर शीर्षकबाट राजस्व संकलन गर्दै आएको छ ।  जसअनुसार चालू आवको चैत्र महीनामा सबैभन्दा बढी ७ करोड ५० लाख १४ हजार ६३१ रुपैयाँ राजस्व संकलन गरेको छ भने भदौ महीनामा सबैभन्दा कम २ करोड २४ लाख ४ हजार राजस्व संकलन गरेको थियो । कार्यालयका प्रमुख सुवास उप्रेतीले कोरोनाको प्रभाव कम हुँदै जादा र यातायात पूर्णरुपमा सुचारु भएसँगै हालसम्म राजस्व संकलन अनुपात सन्तोषजनक रहेको बताए । ‘भदौ महीनामा तीन हप्ता पूर्ण लकडाउन भएर राजस्व संकलन कम देखिएको हो, उनले भने, चैत्र महीनामा सवारीसाधन कर तिर्ने अन्तिम म्याद भएकोले अन्य महीनाको भन्दा बढी राजस्व उठ्ने गर्छ ।’   यस्तै कार्यालयले साउन महीनामा ६ करोड १७ लाख २४ हजार ७१६ रुपैयाँ, असोज महीनामा ७ करोड १३ लाख ३९ हजार ४९२ रुपैयाँ, कात्तिक महीनामा ५ करोड ९८ लाख ३३ हजार ५९३ रुपैयाँ राजस्व संकलन गरेको जानकारी दिएको छ ।  यस्तै मंसीर महीनामा ६ करोड ३१ लाख २० हजार ८९० रुपैयाँ, पुस महीनामा ६ करोड २२ लाख ४ हजार ६६८ रुपैयाँ, माघ महीनामा ४ करोड ८५ लाख ५१ हजार १७२ रुपैयाँ, फागुन महीनामा ४ करोड १८ लाख ७२ हजार ८६३ र चैत्र महीनामा ७ करोड ५० लाख १४ हजार ६३१ रुपैयाँ संकलन गरेको छ ।  भौतिक पूर्वाधार विकास मन्त्रालय, वाग्मती प्रदेशले कार्यालयलाई चालू आवका लागि ५० करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । तर कार्यालयले आर्थिक वर्ष सकिनु तीन महीना अघि नै लक्ष्य पूरा गरिसकेको छ ।  उप्रेतीका अनुसार सवारीको संख्या बढ्दै जाँदा करप्रति सवारीधनीको सचेतना र करको दरमा केही वृद्धि भएका कारण विगतका वर्षहरुमा भन्दा बढी कर संकलन गर्न सकिएको हो ।  तर, दोस्रो लहरको कोरोना संक्रमणको कारण वैशाखबाट तुलानात्मक रुपमा कम उठ्ने गरेको उप्रेतीले जानकारी दिए । ‘चैत्रसम्म हेर्दा लक्ष्य पनि पार गरिसकेका छौं ।, उनले भने, ‘यो आर्थिक वर्षको अन्तसम्म ६० करोड संकलन हुने अनुमान छ । तर कारोनाको कारण आगामी महीनामा के कस्तो असर पर्छ भन्न सकिदैन ।’ हाल यस कार्यालयमा वाग्मती प्रदेशमा दर्ता भएका सबै सवारीसाधन र अन्य प्रदेशमा सवारीसाधन दर्ता भएपनि चितवनमा स्थायी बसोबास गरेका सवारी धनीले कर संकलन गर्न पाउनेछन् ।