फागुन मसान्तमा लक्ष्मी इक्वीटी फण्ड १४ करोड २२ लाख नोक्सानीमा

काठमाडौं । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित लक्ष्मी इक्वीटी फण्डले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्ड फागुन मसान्तसम्ममा रू. १४ करोड २२ लाख नोक्सानीमा छ । माघ मसान्तमा फण्ड रू. १४ करोड ५९ लाख नोक्सानीमा थियो । फागुनमा फण्डको जम्मा आम्दानी रू. १२ करोड ७५ लाख ऋणात्मक रहेकाले नोक्सानीमा रहेको हो ।  फण्डको न्याभ भने माघको तुलनामा फागुनमा वृद्धि भएको छ । माघ मसान्तमा फण्डको न्याभ १० रुपैयाँ २२ पैसा रहेकोमा फागुन मसान्तमा बढेर १० रुपैयाँ २५ पैसा पुगेको हो ।  फागुन मसान्तसम्ममा फण्डले सूचीकृत शेयर, सार्वजनिक निष्कासन र ऋणपत्रमा कुल रू. ९५ करोड ५५ लाख लगानी गरेको छ । यो लगानी माघ मसान्तमा भने रू. ९४ करोड ४९ लाख थियो । फागुन मसान्तसम्ममा फण्डको मुद्दति निक्षेपमा रू. २२ करोड छ ।  रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्  

सम्बन्धित सामग्री