गृह प्रशासनबारे सुझाव दिन गठित पौडेल समितिले बुझायो प्रतिवेदन

पूर्वमूख्यसचिव लिलामणी पौडेलको संयोजकत्वमा गठित ‘गृह मन्त्रालयअन्तर्गतका निकायहरूका सेवालाई प्रभावकारी बनाउन गठित सुझाव समिति’ले शुक्रबार उपप्रधानमन्त्री एवं गृह मन्त्री रवी लामिछानेलाई प्रतिवेदन बुझाएको छ । मन्त्रालयअन्तर्गतका निकायहरूका सेवालाई प्रभावकारी बनाउन सुझावसहितको प्रतिवेदन तयार गर्ने उद्देश्यले २०८० कात्तिकमा सो समिति गठन गरिउको थियो । समितिलाई विद्यमान समस्याहरूको पहिचान गरी मन्त्रालयको कार्यसम्पादन क्षमता...

सम्बन्धित सामग्री

बागमतीमा विशेष समितिले बुझायो सभामुखलाई प्रतिवेदन

हेटौंडा : बागमती प्रदेशमा सरकारले विपक्षी दलसँग गरेको सहमति कार्यान्वयन गराउन गठन गरिएको विशेष समितिले प्रतिवेदन पेश गरेको छ। मंगलवार दिउँसो विशेष समितिले प्रदेशसभाका सभामुख भुवनकुमार पाठकलाई प्रतिवेदन पेश गरेको हो।समितिले प्रतिवेदनमार्फत बजेट कार्यक्रमका विषयमा सत्तापक्ष र प्रतिपक्ष दलहरूबीच भएको सहमतिअनुसार मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको योजनामा बजेट विनियोजन गरेर कार्यान्वयन गर्न सुझाव दिएको छ। उक्त प्रतिवेदन आजै बस्ने प्रदेशसभा बैठकमा पेश हुनेछ भने संसदमा छलफल भई पारित गर्ने कार्यसूची रह

वायुसेवा निगम सुधार प्रतिवेदन कार्यन्वयन सिफारिस समितिले बुझायो चौथो प्रतिवेदन

काठमाडौँ, १७ फागुन । नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्ययन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयन सिफारिस समितिले चौथो प्रतिवेदन बुझाएको छ । पूर्वक्याप्टेन कुलबहादुर लिम्बु नेतृत्वको सो समितिले आज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, मन्त्रालयका सचिव दीपक काफ्ले र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई […]

हिन्दु विश्वविद्यालय स्थापनाका लागि अध्ययन समितिले बुझायो प्रतिवेदन

काठमाडौँ : श्रीपशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन समितिले पर्यटनमन्त्री सुदन किराँतीलाई अध्ययन प्रतिवेदन बुझाएको छ।आइतवार संस्कृत,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यक्रम आयोजना गरी समितिले मन्त्री किराँतीलाई अध्ययन प्रतिवेदन बुझाएको हो। एक महिनाभित्र प्रतिवेदन बुझाउने गरी डा.जगमान गुरुङ संयोजक रहेको अध्ययन समितिले समयसीमाभित्रै अध्ययन प्रतिवेदन बुझाएको हो।श्रीपशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन समितिको प्रतिवेदन बुझ्दै पर्यटनमन्त्री

महाभियोग सिफारिश समितिले सभामुख सापकोटालाई बुझायो प्रतिवेदन

काठमाडौं, १ असोज । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउनुपर्ने भन्दै समितिले सभामुख अग्निप्रसाद सापकोटासमक्ष सिफारिश गर्दै प्रतिवेदन बुझाएको छ । आज राति १२ बजेबाट संसद्को कार्यकाल सकिने भएकोले समितिले आज राति सबा १० बजे नै सभामुख सापकोटासमक्ष प्रतिवेदन बुझाएको हो । समितिका बहुमत सदस्यहरुले जबराविरुद्ध महाभियोग लगाउनुपर्ने आधार पेश गरेको छ । […]

अन्तर्घात छानबिन समितिले बुझायो प्रतिवेदन

नेकपा माओवादी केन्द्रले गठन गरेको चुनावमा भएको भनिएको अन्तर्घातबारे छानबिन गर्न गठन भएको समितिले प्रतिवेदन बुझाएको छ । सोमबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रमका बीच अनुशासन आयोगका अध्यक्ष टंक राई नेतृत्वको समितिले अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन चार परिच्छेदमा विभक्त  रहेको राईले बताए । पहिलोमा समितिको छानबिनको सामान्य उदेश्य, समयसीमा, अध्ययनको विधि, पद्धति र क्षेत्रको विषयमा उल्लेख छ ।  दोस्रोमा उजुरी र उजुरीसँग सम्बन्धित व्यक्तिसँग लिएको

अध्ययन समितिले मुख्यमन्त्री राउतलाई बुझायो प्रतिवेदन

काठमाडौँ,२१ असार । मधेस प्रदेश सरकारको मुख्य प्रशासनिक भवनलगायतका भौतिक संरचना निर्माणका लागि जनकपुर चुरोट कारखाना परिसरनै उपयुक्त हुने सुझावसहितको प्रतिवेदन अध्ययन समितिले आज मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेको छ । मधेस प्रदेश सरकारद्वारा भौतिक संरचना निर्माणका लागि जग्गा पहिचान, प्राप्ति तथा पूर्वाधार निर्माणका लागि गठित अध्ययन समितिले मुख्यमन्त्री राउतलाई आज आप्mनो अध्ययन प्रतिवेदन हस्तान्तरण […]

नन्कुन्नी र निर्मला मृत्यु प्रकरण छानबिन समितिले बुझायो प्रतिवेदन

काठमाडौं । बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको मृत्यु प्रकरणबारे गृह मन्त्रालयले छानबिनका लागि बनाएको समितिले प्रतिवेदन बुझाएको छ । समितिले आइतबार कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको प्रतिवेदनमा जग्गा हडप्ने नियतले घटना भएको उल्लेख छ । गृह मन्त्रालयले सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा सो घटनाको छानबिन गर्न समिति बनाएको थियो । प्रतिवेदन बुझ्दै कार्यवाहक […] The post नन्कुन्नी र निर्मला मृत्यु प्रकरण छानबिन समितिले बुझायो प्रतिवेदन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सीमा समस्या अध्ययन समितिले प्रतिवेदन बुझायो

काठमाडौं । नेपाल–चीन सीमा सम्बन्धमा लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा आयोजित कार्यक्रममा आइतबार गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन बुझ्दै मन्त्री खाणले समितिले स्थलगत अध्ययन गरेर सत्य तथ्य पत्ता लगाई तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने […] The post सीमा समस्या अध्ययन समितिले प्रतिवेदन बुझायो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

स्वास्थ्यकर्मीमाथि आक्रमणः छानबिन समितिले बुझायो प्रतिवेदन

काठमाडौं। नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमण घटनाको वास्तविकता बुझ्न गठित छानविन समितिले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाएको छ। समितिले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सोमबार प्रतिवेदन बुझाएको हो। उक्त प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन। जनशक्ति अभावलगायत समस्या र त्यसको दीर्घकालीन समाधानका लागि प्रतिवेदनमा सुझाव दिइएको छ।