बागमतीमा विशेष समितिले बुझायो सभामुखलाई प्रतिवेदन

हेटौंडा : बागमती प्रदेशमा सरकारले विपक्षी दलसँग गरेको सहमति कार्यान्वयन गराउन गठन गरिएको विशेष समितिले प्रतिवेदन पेश गरेको छ। मंगलवार दिउँसो विशेष समितिले प्रदेशसभाका सभामुख भुवनकुमार पाठकलाई प्रतिवेदन पेश गरेको हो।समितिले प्रतिवेदनमार्फत बजेट कार्यक्रमका विषयमा सत्तापक्ष र प्रतिपक्ष दलहरूबीच भएको सहमतिअनुसार मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको योजनामा बजेट विनियोजन गरेर कार्यान्वयन गर्न सुझाव दिएको छ। उक्त प्रतिवेदन आजै बस्ने प्रदेशसभा बैठकमा पेश हुनेछ भने संसदमा छलफल भई पारित गर्ने कार्यसूची रह