नेकपा माओवादी केन्द्रले गठन गरेको चुनावमा भएको भनिएको अन्तर्घातबारे छानबिन गर्न गठन भएको समितिले प्रतिवेदन बुझाएको छ । सोमबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रमका बीच अनुशासन आयोगका अध्यक्ष टंक राई नेतृत्वको समितिले अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन चार परिच्छेदमा विभक्त रहेको राईले बताए । पहिलोमा समितिको छानबिनको सामान्य उदेश्य, समयसीमा, अध्ययनको विधि, पद्धति र क्षेत्रको विषयमा उल्लेख छ । दोस्रोमा उजुरी र उजुरीसँग सम्बन्धित व्यक्तिसँग लिएको