स्थानीय तह निर्वाचनमा दाङमा पनि सत्ता गठबन्धन हुने भएको छ। नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल गर्ने समझदारी बनेको हो ।केन्द्रीय सत्ता गठबन्धनलाई जिल्लामा पनि कायम गर्नेगरी पाँच दलीय समझदारी भएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सुवास पुनले बताए। ‘चुनावी तालमेलमा पाँच दलीय गठबन्धन गर्ने समझदारी बन्यो। समझदारी बमोजिम प्रतिवेदन केन्द्रमा पठाएका छौ’ रातोपाटीसँग कुरा गर्दै पुनले भने, ‘पा