नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चार दलीय सत्ता गठबन्धन भत्काउने प्रयास छाडेका छैनन् । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गराउने समयमै एमालेले सत्ता गठबन्धन भत्काउन प्रस्ताव गरेको थियो ।काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई नै प्रधानमन्त्रीमा निरन्तरता दिने गरी एमालेले चार दलीय गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउन प्रस्ताव गरेको थियो । एमालेको सो प्रस्तावप्रति प्रधानमन्त्री देउवा सकारात्मक पनि भइसकेका थिए तर माओवादी केन्द्