नेपाली काँग्रेस खोटाङका नेता मुक्तिनाथ तिम्सिनाले पार्टी परित्याग गरेका छन् । काँग्रेसका क्षेत्रीय प्रतिनिधि रहेका तिम्सिनाले व्यक्तिगत कामलाई कारण देखाउँदै चुनावको मुखमा जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।बुधबार पत्रकार सम्मेलनमार्फत उनले आगामी दिनमा स्वतन्त्र नागरिकका रूपमा रहने जानकारी दिए । २०५९ सालदेखि काँग्रेसमा क्रियाशील तिम्सिना २०६२(०६३ मा तरुण दलको जिल्ला अध्यक्ष बनेका थिए । उनी काँग्रेस नेता मनोज तिम्सिनाका भाइ हुन् ।केपिलासगढी गाउँपालिका अध्यक्षका आकांक्षी मनोजले टिकट नपाएपछि भ