चार महिनापछि सडक सञ्चालन

पर्यटकीय गन्तव्यका रूपमा चिनिने गोरखाको बारपाक र लाप्राक जोड्ने सडकखण्ड झन्डै चार महिनापछि सञ्चालनमा आएको छ । पूर्वाधार कार्यालय गोरखाको सहयोगमा ठुलो जेसिबी लगाएर सात दिनसम्म पहिरो पन्छाएपछि मङ्गलबारदेखि बारपाक–लाप्राक सडकखण्ड सञ्चालनमा आएको हो । गत असार महिनादेखि बाढी र पहिरोले क्षतिग्रस्त ग्रामीण सडक खुलाउन सात दिनसम्म ठुलो जेसिबी प्रयोग गरिएको थियो । पूर्ण रूपमा क्षतिग्रस्त सडक मर्मत तथा पहिरो पन्छाएपछि मङ्गलबारदेखि सडक नियमित भएको पूर्वाधार कार्यालय गोरखाका इन्जिनियर सुनील कुशुहाले जानकारी दिनुभयो । उहाँका अनुसार बारपाक–सुलीकोट गाउँपालिका र धार्चे गाउँपालिका जोड्ने उक्त सडकखण्ड खुलेपछि मङ्गलबार नै यातायाताका साधन सञ्चालनमा आएका छन् । दसैँतिहार जस्ता चाडपर्वमा सर्वसाधारणको यात्रा सहज बनाउने उद्देश्यसहित अवरुद्ध भएको सडक खुलाउन पूर्वाधार विकास कार्यालय लागिपरेको पनि उहाँको भनाइ छ ।

सम्बन्धित सामग्री

अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालन

काठमाडौँ,६ साउन । बाढी र पहिराले अवरुद्ध बनाएको डुम्रे–बेँसीसहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ । बिहीबारदेखि अवरुद्ध बनाएको यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडामा पहिरो हटाउनाका साथै आज बिहान ११ः३० बजेदेखि पुनः सडक सञ्चालनमा ल्याइएको हो । गत वर्ष र असार पहिलो साता आएको बाढीले डुम्रे–बेँसीसहरको देउराली डाँडाको सडक बगाएपछि वैकल्पिकरुपमा रहेको नेपाली सेनाको […]

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालन

काठमाडौँ । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालन भएको छ । वर्षासँगै सोमबार राति १२ ४५ बजे चितवनको इच्छाकामना-६ तोपेखोला स्थित नाम्सेपुलमा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो ।अहिले बिहान पहिरो पन्छाइ दुइतर्फी सवारी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यस्तै भासिएको चार दिनपछि पृथ्वीराजमार्गको तनहुँस्थित आँबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा […]

राति अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सञ्चालन

३१ जेठ, मुग्लिन । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालन भएको छ । वर्षासँगै सोमबार राति १२ः४५ बजे चितवनको इच्छाकामना–६ तोपेखोला स्थित नाम्सेपुलमा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो ।अहिले बिहान पहिरो पन्छाइ दुइतर्फी सवारी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चार दिनपछि आँबुखैरेनी सडक दुईतर्फी भासिएको चार दिनपछि पृथ्वीराजमार्गको […]

पहिरोका कारण अवरुद्ध भएको काठमाडौं-मुग्लिन सडक सञ्चालन

काठमाडौँ – पहिरोका कारण अवरुद्ध भएको काठमाडौं- मुग्लिन सडक सञ्चालन भएको छ । पृथ्वी राजमार्गको मुग्लिन नजिकै इच्छाकामना गाउँपालिका-४ नाग्दी खोलामा गएको पहिरो सफा गरेसँगै सडक सञ्चालनमा आएको हो । बुधबार राति सवा ११ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरूद्ध भएको थियो । बिहीबार बिहानबाट पहिरो हटाउन सुरु गरिएको र मध्याह्न १२ […]

वैकल्पिक सडक सञ्चालन

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक सञ्चालन भएको छ । जोखिमयुक्त बादिकाको उकालोमा नयाँ वैकल्पिक सडक निर्माण गर्न पूर्वाधार विकास कार्यालय, स्थानीय प्रशासन, सुरक्षा निकाय र धवलागिरि गाउँपालिकाले मंगलबारदेखि दरबाङ–धारापानी–ताकम हँुदै मुना जोड्ने सडकमा अनिश्चितकालका लागि सवारी आवतजावत बन्द गरेका छन् । सडक निर्माण सहज बनाउन बादिकामा बन्द गरिए पनि आवतजावतलाई सुरक्षित र नियमत बनाउन दरबाङ–खारा–भारबाङ–ताकम–मुना वैकल्पिक सडक सञ्चालन गरिएको गाउँपालिकाका इञ्जिनीयर सोबिन जिसीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाका र निर्माण कम्पनीले भरबाङस्थित म्याग्दी खोलामा सातओटा ह्युम पाइप राखेर सवारीसाधन आवतजावत गर्ने व्यवस्था मिलाएका छन् । झारवाङ घाटमा पूर्वाधार विकास कार्यालयले पक्की पुल पनि निर्माण गरिरहेको छ । २०७५ सालमा मार्ग खोलिए पनि दरबाङ–बिम–ताकम–मुना सडकमा पर्ने म्याग्दी नदीमा मोटरेबल पुल नहुँदा यातायातका साधन सञ्चालन हुन सकेको थिएन । बर्खाअघि नै म्याग्दी नदीमा मोटरेबल पुल निर्माण सकेर सडक सञ्चालन गर्ने गाउँपालिकाको योजना छ । पूर्वाधार विकास कार्यालय म्याग्दीसँग २०७६ चैत ४ गते १४ करोड ३८ लाख ६७ हजार १७६ मा ठेक्का सम्झौता गरेको धुलिखेल–ब्राइट–कुवर जेभीले बादिकाको उकालोमा वैकल्पिक सडक निर्माण गरिरहेको छ । यसअघि मार्ग खोल्न बनाइएको सडक धेरै उकालो र ग्रेड नमिलेकाले जोखिमयुक्त भएको हुँदा दुईओटा घुम्ती थपेर करिब ४०० मिटर नयाँ मार्ग निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताए । आगामी चैत ४ गतेसम्म ठेक्का अवधि भएको आयोजना अन्तर्गत सडक फराकिलो बनाउने, ग्रेड तथा घुम्ती सुधार र पर्खाल निर्माण भइरहेको छ । दरवाङको म्याग्दी खोला मोटरेबल पुलदेखि दङखोलासम्मको खण्डमा विस्तार र पर्खालको काम सकेर नाली बनाइरहेको छ ।       दरबाङदेखि धारापानी गाउँसम्मको सात किलोमिटर सडक स्तरोन्नति हुन लागेको हो । दरवाङ–दाङखोला–ताकम–मुना–ढोरपाटन सडक आयोजनालाई गण्डकी प्रदेश सरकारले ‘क’ वर्गमा राखेको छ । सबै स्थानीय तहका केन्द्र जोड्ने सडकलाई स्तरोन्नति गर्ने प्रदेश सरकारको घोषणा अनुसार यो आयोजना सञ्चालन भएको हो ।       पहिलो चरणमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको धारापानीसम्मको सडक स्तरोन्नतिको हालसम्मको प्रगति ३६ प्रतिशत छ । स्तरोन्नति गरेर सडकलाई ८ मिटर फराकिलो बनाइने भएको छ । ग्राभेल गरिने सडकको ग्रेड र घुम्ती मिलाउनुका साथै ग्याबिन, मेसिनरी पर्खाल निर्माण र केही ठाउँमा ढलान गर्ने लक्ष्य छ । रासस

म्याग्दीमा वैकल्पिक सडक सञ्चालन

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक सञ्चालन भएको छ। जोखिमयुक्त बादिकाको उकालोमा नयाँ वैकल्पिक सडक निर्माण गर्न पूर्वाधार विकास कार्यालय, स्थानीय प्रशासन, सुरक्षा निकाय र धवलागिरि गाउँपालिकाले मंगलबारदेखि दरबाङ–धारापानी–ताकम हुँदै मुना जोड्ने सडकमा अनिश्चितकालका लागि सवारी आवतजावत बन्द गरेका छन्। सडक निर्माणलाई सहज बनाउन बादिकामा बन्द गरिए […]

एक महिनापछि सिमकोट–खार्पु सडक सञ्चालन

सिमकोट – हुम्लाको अवरुद्ध सिमकोट–खार्पु सडक सञ्चालनमा आएको छ। पहिरो जाँदा सडक गएको असोज ३१ गतेदेखि बन्द थियो। मर्मतपछि लामो समय बन्द रहेको सडक सञ्चालनमा आएको हो। गाडी चालक जोर बोहराले सडक नियमित सञ्चालनमा आएको बताए। पहिरो तथा खसेका ठूला चट्टानले सडकका दुई दर्जन स्थानमा अवरोध पुर्‍याएको थियो। सडक सञ्चालन नहुँदा यात्रु जोखिम उठाए हिँड्न […]

स्याफ्रुबेँसी–मैलुङ सडक सञ्चालन गर्न पहल

स्याफ्रुबेँसी, १७ कात्तिक । स्याफ्रुबेँसी–मैलुङ खण्ड सञ्चालन गर्न पहल भइरहेको छ । छोटो दूरीको उक्त मार्ग खोलेर रसुवागढी नाकाबाट आयात भएका मालसामान ढुवानी गर्न गृहकार्य भइरहेको छ । स्थानीय प्रशासनले नदी किनारको सडक सुधारको पहल सुरू गरेको छ । प्रमुख जिल्ला अधिकारी नवराज जैशीलगायत सुरक्षा निकायसमेतको टोलीले स्थलगत निरीक्षण गरी हिउँदयामभर नदी किनारको छोटो मार्ग […]

नारायणगढ-मुग्लिन सडक सञ्चालन

पहिरोका कारण अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ । अविरल वर्षासँगै आएको पहिरोका कारण भरतपुर–२९ को सेतिदोभान र पाँचकिलोमा बिहीबार साँझदेखि सडक अबरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका...

नियमित सडक सञ्चालन गर्न दोर्दीमा सडक ‘हेरालु’को व्यवस्था

लमजुङको दोर्दी गाउँपालिकाले बर्खायाममा नियमित सडक सञ्चालन गर्न सडक हेरालुको व्यवस्था गरेको छ। बाढीपहिरोले क्षतविक्षत बनाएको सडक सुचारु गर्न गाउँपालिकाले सडक हेरालुको व्यवस्था गरेको हो। दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बाटो...